असार २१, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एउटा नागरिकले देश र जनताका लागि उठाएको आवाजलाई अधिनायकवादी भन्नु गृहमन्त्रीले गृहमन्त्रीले गलत कुरा गरेको बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै शर्माले जुम्लामा जीवन मरणको दोसाँधमा रहेर अनशन बसिरहेका गोविन्द केसीका बारेमा नकारात्मक टिप्पणी गर्ने बेला नभएको बताए ।
सम्बन्धित समाचार:
ओलीको कदम गलत छ, सरकारविरुद्ध कडा आन्दोलन गर्छौं : कांग्रेस
सरकारले दम्भ देखायो, यस्तो पाराले मुलुक चल्दैन् : पौडेल
चिकित्सा शिक्षा विधेयकलाई सरकारले मनोमानी रुपमा मन लागेका नियम र व्यवस्था राख्न खोजे कांग्रेसले प्रतिवाद गर्ने शर्माको चेतावनी छ ।
संसदबाट सत्तापक्षले बहुमतले विधेयक पारित गराए कांग्रेसले मान्ने बताउँदै उनले यस विषयमा सरकारले बहुमत मात्र नभै विवेकको पनि कुरा गर्नुपर्ने बताए ।
जनता जान्न चाहान्छन With Bishwa Prakash Sharma ~ Prime Times Television
Subscribe Us On Youtube: https://bit.ly/2KLSapTLike Our Facebook Page:https://bit.ly/2ISRWvhHosted By Rishi Dhamala
Posted by Prime Times Television, Nepal on Thursday, July 5, 2018
न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रम संचालक रवी लामिछाने र नेपाल टेलिभिजनका सिधा कुरा कार्यक्रम संचालक राजु थापामाथि सरकारले हस्तक्षेप गरेकोमा पनि शर्माले आपत्ति जनाए ।
गलत काम गरेको खण्डमा जोसुकैलाई कारबाही गरिनुपर्ने भए पनि अनावश्यक रुपमा संचारमाध्यममाथि गरिएको हस्तक्षेप कांग्रेसलाई मान्य नहुने शर्माले बताए ।
ऋषि धमलाले नेपाली प्रेस जगतमा ठूलै क्रान्ति गरेको भन्दै शर्माले प्रशंसा गरे ।
फरक प्रसंगमा शर्माले यस पटकको विश्वकप ब्राजिल, उरुग्वे, बेल्जियम र इङ्ल्याण्डमाध्ये एउटाले जित्ने अनुमान गरे ।