Logo

जनताले अपेक्षा गरे जति काम हुन सकेको छैन : थापा



असार २२, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा स्थायी समिति सदस्य मणि थापाले स्थायी समिति बैठकमा सरकारले गरेका काम प्रभावकारी नभएको विषय उठेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै थापाले स्थायी समिति सदस्यहरुले सरकारलाई अझै प्रभावकारी हुन सुझाब दिएको जानकारी दिए ।

सरकार र पार्टीले अन्तराष्ट्रिय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेले पनि जनताले अपेक्षा गरे जति काम हुन नसकेको उनले बताए ।

थापाले सरकारले गरेका निर्णय कानुनअनुसार नै भएको दाबी गरेका छन् । अहिलेको सरकार आफ्नै मौलिक शैलीबाट अगाडि बढ्नका लागि यसअघिको सरकारले गरेका नियुक्ति बदर गरेको थापाको तर्क छ ।

सरकारले आफ्नो सहजता र आवश्यकताअनुसार काम गर्न पाउनुपर्ने भएकाले बदरको निर्णय प्रतिशोध नभएको दाबी गरे ।

सरकारलाई परिचालन गर्नका लागि अनुकूलता र संविधानअनुसार अगाडि बढ्नु पर्ने भएकाले नियुक्ति बदरलाई द्धन्द्धसँग जोड्न नहुने थापाले बताए ।



प्रतिक्रिया दिनुहोस्