काठमाडौं, २२ असार । रुसमा जारी विश्वकप फुटबलका क्वार्टरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । क्वार्टरफाइनलको पहिलो खेलमा आज बेलुकी पौने ८ बजे फ्रान्स र उरुग्वे भिड्ने छन् । राउण्ड अफ सिक्सटिनमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स तथा पोर्चुगललाई हराउँदै उरुग्वे क्वार्टरफाइनलमा पुगेका हुन् ।
समूह चरणका सबै तीन खेल जितेको उरुग्वेले प्रतियोगिताको चार खेलमा एकमात्रै गोल खाएको छ । लुईस सुवारेज, एडिन्सन काभानीजस्ता विश्वस्तरीय खेलाडीहरु रहेको उरुग्वे तेस्रो पटक विश्वकपको उपाधि जित्ने अभियानमा छ ।
सम्बन्धित समाचार :
विश्वकप फुटबल : फ्रान्स र डेनमार्क अन्तिम १६ मा प्रवेश
विश्वकप जित्ने मेस्सीको सपना अधुरै, फ्रान्ससँग स्तब्ध
उता, फ्रान्स पनि सन् १९९८ मा विश्वकप जित्दाको ईतिहास दोहो¥याउन चाहन्छ । किलियन एम्बाप्पे, एन्टोनियो ग्रेजम्यान, पउल पोग्बा जस्ता खेलाडीहरुले फ्रान्सलाई यसपटक उपाधि दावेदार टोली बनाएका छन् ।