उदयपुर, २२ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आज जिल्ला निर्वाचन कार्यालय उदयपुरको नयाँ भवनको उद्घाटन गरेका छन्।
भवन उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, “सरकारले देशका ७७ वटै जिल्लामा निर्वाचन कार्यालय भवन स्थापना गर्ने नीति लिएको र सोहीअनुरुप उदयपुरमा पनि नयाँ भवन स्थापना गरिएको बताए।
आगामी आर्थिक वर्षभित्र बाँकी रहेका जिल्लामा पनि निर्वाचन कार्यालयको भवन स्थापना गर्दै लगिने डा यादवले बताए।
विसं २०७३ भदौ १ गते निर्माण कार्य शुरु भएको उक्त भवन हालै सम्पन्न भएको हो। रु एक करोड २२ लाख ६८ हजार २७५ को लागतमा तीन तलाको उक्त भवन निर्माण भएको हो।
चौध कोठा रहेको उक्त भवन भूकम्प प्रतिरोधात्मक र जिल्लाकै सरकारी कार्यालयमध्ये उत्कृष्ट रहेको जिल्ला निर्वाचन अधिकृत एकबहादुर बस्नेतले बताए। रासस