Logo

कांग्रेसले गर्‍यो संसद बैठक अवरुद्ध



काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबारको प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । डा. गोविन्द केसीको जीवन रक्षाका लागि माग गर्दै संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल तत्काल छलफल हुुुनुपर्ने माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो ।

शुक्रबार नै कांग्रेस सांसद दीलेन्द्र बडूको प्रस्ताव तथा पार्वती डिसी चौधरी र अहतरकमाल मुुुसलमानको प्रस्तावमा जरुरी सार्वजनकि महत्वको प्रस्ताव दर्ता गराएका थिए ।

शुक्रबार दिउँसो १ बजे बैठक सुरु हुने वित्तिकै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीको अवस्था गम्भीर भएकाले प्रस्तावमाथि छलफल अघि बढाउन माग गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले नियमित प्रक्रियाबाटै प्रस्तावमाथि छलफल गराउने प्रतिबद्धता जनाए पनि कांग्रेसले अस्वीकार गर्दा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस्