Logo

भारतको उत्तर प्रदेशमा प्लाष्टिक प्रतिवन्ध



नयाँदिल्ली, २३ असार / भारतको सर्वाधिक जनघनत्व रहेको उत्तर प्रदेशमा प्लाष्टिकको कप र झोला प्रयोगमा प्रतिवन्ध लगाइने भएको छ ।
यही जुलाई १५ तारिख देखि प्लाष्टिकको कप र झोला प्रतिवन्द गर्ने घोषणा शुक्रबार गरिएको समाचारमा जनाइएको छ ।

झण्डै २२ करोड जनसङ्ख्या रहेको उत्तर प्रदेशमा यसरी प्लाष्टिकको कप र झोला प्रतिबन्धको घोषणा गरिएको यो तेस्रो पटक हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आउदो सन् २०२२ सम्ममा देशलाई नै प्लाष्टिकमुक्त मुलुक बनाउने प्रतिवद्धता जनाउनु भएकाले उत्तर प्रदेशले पनि यस्तो घोषणा गरेको बताइएको छ ।

भारतका बहुसंख्यक अर्थात् २९ प्रदेशले आंशिक रूपमा वा पूर्ण रूपमा प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिसकेका छन् । यस्तो घोषणा निकै कम ठाउँमा मात्रै वास्तविक रूपमा कार्यान्वयन भएको अधिकारीहरूले जनाएका छन् ।

उत्तर प्रदेशमा सन् २०१५ मा गरिएको घोषणा कार्यान्वयन विफल भएको थियो । अदालतले कार्यान्वयनका लागि आदेश दिँदा समेत स्थानीय अधिकारीहरूले अस्वीकार गरेकाले कार्यान्वयन भएको थिएन ।

“हामीले पूर्ण रूपमा प्लाष्टिक प्रतिवन्धको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेका छौं, यो निर्णय यही जुलाई १५ देखि लागु हुनेछ,” उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले ट्वीटरमा लेख्नु भएको छ ।

उहाँ ट्वीटमा थप लेखिएको छ, “प्लाष्टिकको कप, गिलास र झोला प्रयोग गर्न सवै जनाले छोड्नुहुनेछ, प्लाष्टिक प्रतिवन्धको यो घोषणा कार्यान्वयन गर्न म तपाई सवैको सहयोगको अपेक्षा गरेको छु ।” एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्