असार २४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता दिपक खड्काले डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दा नकारात्मक टिप्पणी गर्न नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खड्काले विगतका विभिन्न सरकारले केसीसँग सम्झौता गरेर पनि कार्यान्वयन नभएकाले अहिलेको स्थिती सृजना भएको बताए ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले सम्झौता कार्यान्वयन गराउने दिशातर्फ लान खोजेको स्मरण गराउँदै अहिलेको सरकारले उल्टो काम गरेकाले आफूहरुले केसीलाई समर्थन गरेको खड्काले स्पष्ट पारे ।
“सरकारलाई सचेत गराउँदै आग्रह गराउन चाहन्छाँै, छलफल गरेर सहमति खोज्नुपर्छ ।” खड्काले बताए ।
धनीले मात्रै होइन, गरिबले पनि आफ्ना छोराछोरीलाई डाक्टर पढाउन पाउनुपर्छ भन्ने माग राखेर गरिएको अनशनको विरोध गर्न नसकिने खड्काले बताए ।
नेकपाका नेताहरुको मेडिकल कलेज धराशायी भयो भन्दैमा ति कलेज जोगाउनका लागि अनुकूल हुने गरी विधेयक ल्याएर सरकारले गलत काम गरेको खड्काको आरोप छ ।