बुटवल , २४ असार : नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले प्रधामन्त्री केपी शर्मा ओलीले दुई तिहाईको दम्भ बोकेर अतिवादको सुरुवात गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्रीलाई संसदमा किन दुइतिहाइको दम्भ चाहिएको हो भन्दै उनले प्रश्न गरे । रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीको कार्यशैली ठिक नभएको र सच्चिन आग्रह समेत गरे ।
लोकतन्त्रमा संस्था बलियो हुने भन्दै उनले प्रधामन्त्री ओलीलाई राष्ट्रिय अनुसन्धान आफ्नो मातहतमा लगेर ४ सय कार्यकता भर्ति गर्न खोजेको दाबि गरे । देश राजनीतिक दलका भर्ती केन्द्र बनाउनको लागि ओलीले एकाधिकारबाद र निरकुंशताको बाटोमा हिडेको पौडेलको तर्क छ । प्रधानमन्त्रीले देशलाई कम्बोडीया बनाउन लागेको उनको आरोप छ । उनले भने-‘ सरकारले पछिल्लो समयमा गर्दै आएका विभिन्न कार्यहरुले यस कुरालाई पुस्टी गरेको छ’ । आफ्नो सम्बोधनको अधिकांश समय प्रधानमन्त्रीमाथि खनिन खर्च गरेका उनले प्रधानमन्त्री ओलीलाई घुडा टेकाएर छोड्ने उद्घोष समेत गरे ।
‘ सरकारले निशेधित क्षेत्र किन तोक्ने,जनता सडकमा आउदा प्रधानमन्त्रीलाइ रेल ल्याउन,ग्यासका चुला घरघरमा पुर्याउन,पानी जहाज ल्याउन कस्ले रोक्छ र रु,हिजो माओबादीलाइ जंगलमा बसेर आन्दोलन नगर,राजधानी आउन भनेर कांग्रेसले राजधानीमा बोलाएको स्मरण गर्दै अहिले सरकारले गलत काम गर्दा जनता सडकमा जनता जान नपाउने ? प्रधानमन्त्रीलाई अतिवाद लाद्न नदिने बताउदै नेता पौडेलले अव गाली गरेर देश विकास नहुने बताए । प्रधानमन्त्रीले भोलीको कार्यक्रममा कांग्रसलाइ के भनेर गाली गर्ने भनेर राती २ बजेसम्म नसुत्ने गरेको आफुले सुनेको उनले बताए । उनले ओलीलाइ जनताले कांग्रेसलाइ गाली गर्न मात्र प्रधानमन्त्री नबनाएको बताए ।
यो पनि पढ्नुहोस्
डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार
सार्वभौमसत्ताको रक्षा नेपाली काँग्रेसले मात्रै गर्नसक्छ : सिटौला
विकृतीको विरुद्वमा आवाज उठाएका डा गोविन्द केसीको माग सम्बोधनमा सरकारको ध्यान नगएको प्रति उनले स्वाथ्यमा सबैको पहुच स्थापना गर्नको लागि केसीको माग जायज भएकोले तत्काल माग सम्बोधन गर्नुपर्ने बताए । राज्य राजधानीमा मात्रै भएको व्याक्तिको लागि नभएको तर्क गर्दे उनले विभिन्न खाले समस्या समाधानको लागि डा। केसीको माग जाहेज र ठिक भएको बताए ।
‘दूई तिहाई भएको व्याक्ति के राजा हो ?
दुई तिहाईको अगाडी गोविन्द केसीको केही नभएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई लाई दुई तिहाई भएको व्याक्ति राजा नभएको तर्क गरे । उनले भने-‘दूई तिहाई भएको व्याक्ति के राजा हो रु उसलाई कानुन लाग्दैन, के उ कानुन भन्दा माथि हो ? ”
संघीयताको खास विरोधी केपी ओली नै
नेपाल पहिलो विश्वमा प्रवेश गरेको समाचार सुन्न आतुर रहेको भन्दै उनले देश विकासमा लाग्नको लागि ओलीलाई आग्रह गरे । संघीयताको खास विरोधीको रुपमा केपी ओली रहेको आरोप लगाउदै उनले बाहिरी रुपमा मात्रै ओलीले संघीयताको सर्मथन गरेको बताए ।
संघीयतामा जम्मा ७ प्रतिशत मात्रै बजेट आएको भन्दै उनले बास्तविक संघीयता बलियो हुन नसक्ने थुर्पै आधारहरु देखा परेको बताए । नेपालको व्युरोक्रेसी विस्तारै एकात्मक शासन तर्फ धकिलियोको उनको तर्क छ । उनले भने–‘ विस्तारै संघीयतालाई धकेलेर एकात्मकतर्फ लैजाने सडयन्त्र भएको छ । ’
ओलीले चिनबाट आउदा रेल ल्याउने कुरा गरेको भन्दै उनले ३० लाख ले रेल नआउने बताए । उनले भने–“ नेपालमा ३० लाखले के रेल आउछ ?’ ओलीलाई समयमै सच्चीनको लागि पटक पटक आग्रह गरेको जानकारी दिदै उनले यदि नसच्चीएमा सडक सडदमा समेत निरन्तर आवाज उठाउने समेत बताए । ओलीले नेपाललाई कम्बोडिया बनाउन खोजेको उनको आरोप छ । नियोजित रुपमा नै केपी ओली नै यसमा उद्धत रहेको उनले आरोप छ ।
‘प्रमको कुर्चिमा बसेर देश एकता खल्बलाउने प्रयास गरेको भन्दै ओली अतिवाद तर्फ लम्कीदै गएकोको कारण अव विरोध उनको गर्नुको विकल्प छैन ’। पौडेलले भने । नेपालको राजनीति अहिले जे नहोस् भनेका थियौं तर त्यहि मोडमा पुगेको भन्दै पौडेलले गंगामायालाइ न्याय दिन सरकारलाइ आग्रह गरे । देउवा सरकारले गरेको चुनाबबाट ओली प्रधानमन्त्री बनेको स्मरण गराउदै पौडेलले देउवा सरकारका नियुक्ती बदर गर्नु लज्जास्पद काम भएको टीप्पणी गरे ।
७ वटै मुख्यमन्त्री पनि अबैध हुनुपर्यो नी ?
‘देउवाले गराएको चुनाबबाट आफै प्रधानमन्त्री बन्ने,सातवटै प्रदेशमा प्रदेश प्रमुख हटाउने कुरा सुन्दैछु, तीनीहरुबाट सपथ खाएका मुख्यमन्त्री पनि त्यसो भए अबैध हुनुपर्यो नी रु उनको प्रश्न छ । संबैधानिक नियुक्तिका कतिपय जांज पास गरेर जिम्मेबारीमा पुगेकाहरुलाइ पनि हटाउनु गैर संम्बैधानिक कुरा भएको उनले प्रष्ट पारे । सबैकुरा राजनीतिक ढंगले हेरिनुनहुने उनको भनाइ छ ।
प्रत्यक्ष कार्यकारी राष्ट्रपति मानिदैन, नेपाललाई प्रयोगशाला बन्न दिइन्न ।
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा नेकपाका अध्यक्ष प्रचण्डबाट आएको भन्दै उनले अब देशलाइ प्रयोगशाला बन्न नदिने ठोकुवा गरे ।
‘त्यो व्यवस्था के को लागि त्यो चाहियो रु के नेपाल प्रयोगशाला हो ? नेपाललाई प्रयोगशाला बनाउनबाट रोक्नुपर्दछ । ’
कांग्रेस अतिवादको विपक्षमा एक ढिक्का भएर अगाडी बढ्छ
नेपाली काग्रेसका युवा नेता समेत रहेका उनले कांग्रेस अव नया ढंगले अगाडी बढ्ने उल्लेख गरे । पौडेलले भने-‘हामीभित्र पनि केहि कमि कमजोरी रहेपनि त्यो सच्चाउदै अव दरिलो ढंगले न्यायको पक्षमा, अतिवादको विपक्षमा अगाडी बढ्छौं । ’ कांग्रेसभित्र आन्तरिक रुपमा सुधारको योजना अगाडी बढाउने भन्दै उनले भने-‘अहिले प्रतिपक्षको भुमिका शसक्त बनाउनको लागि नै हाम्रो ध्यान केन्द्रीत छ । ’
कांग्रेस सभापति देउवालाइ बिधान बिपरित चलेको भन्दै उनले बिधानलाइ टेकेर अघि बढ्न सुझाब समेत दिए । नेपाली काग्रेसले प्युठानबाट नयां अभियान थालेको बताउदै नेता पौडेलले विगतका ईतिहासलाई टेकेर अगाडी बढनुको विकल्प नभएको बताए ।
काग्रेस निर्माणको योगदान गर्ने व्याक्तिहरुलाई सम्झने र एउटा अभिलेख तयार गर्ने अभियान आफुहरुले थालेको भन्दै उनले प्युठान जिल्लाबाट राजनीतिक सेनानी सम्मान अभियानको थालनी भएको बताए ।
यो अभियान ७७ वटै जिल्लामा अगाडी बढ्ने उनको भनाई छ । कार्यक्रम रिपोर्टर्स क्लव प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।