Logo

गोविन्द केसीसँग सम्झौता गर्न तयार छौं : कानूनमन्त्री तामाङ



काठमाडौं, २४ असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले चिकित्सा शिक्षा अध्यादेश अनुसार नै सरकारले विद्येयक ल्याएको दाबी गरेका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री तामाङले यस्तो दाबी गरेका हुन् । उनले भने,‘अध्यादेश अनुसार नै हामीले विद्येयक ल्याएका हौं, बाहिर भनेजस्तो कुनै तोडमोड गरिएको छैन, अध्यादेशमा समावेश भएका विषयहरुभन्दा एक शब्द पनि तलमाथि गरेका छैनौं।’

मन्त्री तामाङ्ले माथेमा आयोगको प्रतिवेदन अनुसार नै अध्यादेश आएको र अध्यादेश अनुसार नै विद्येयक ल्याईएको जिकिर गरे । उनले अनशनरत चिकित्सक डाक्टर गोविन्द केसीका माँगहरु सरकारले पूरा गर्ने विश्वास दिलाए । उनले भने,‘गोविन्द केसीसँग सरकार सम्झौता गर्न तयार छ।’

सरकारले केही निजी मेडिकल कलेज पोस्ने गरी ल्याएको आरोप लगाउँदै चिकित्सा शिक्षा विधेयकको विरोधमा डा.गोविन्द केसी जुम्लामा अनसनरत छन्।

यो पनि पढ्नुहोस्

क्वाटरमा तरकारी फलाउँदै कानूनमन्त्री तामाङ

कांग्रेस निरीह बनेर सरकारसँग अंश खोज्यो : कानूनमन्त्री तामाङ



प्रतिक्रिया दिनुहोस्