Logo

कांग्रेसका पुराना नेताहरको भेला : सुझाब लिने र नयाँ भूमिका दिने विषयमा छलफल चल्दै



असार २५, काठमाण्डौ । नेपाली कांग्रेसका पूराना तथा पार्टी छोडेर गएकादेखि लिएर असन्तुष्ट नेताहरुलाई एक ठाउँमा राखेर आज गोप्य भेलाको आयोजना गरिएको छ ।
नेता डा. नारायण खड्काको संयोजकत्व र पहलकदमीमा लैनचौर ब्यांकेटमा भेलाको आयोजना गरिएको हो । विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म चल्ने उक्त भेलमा पार्टीलाई एक ढिक्का बनाउने विषयमा पर्याप्त छलफल तथा विचारविमर्श हुने बुझिएको छ ।

यसै सम्बन्धमा कुरा गर्दै नेता खड्काले कांग्रेसका पुराना नेताहरुले विगतमा खेलेको भूमिका र योगदान महत्वपूर्ण भएकाले उनीहरुको सल्लाह लिनका लागि भेलाका आयोजना गरिएको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले १७ सालपछि लोकतान्त्रिक आन्दोलनमा सहभागि भएर पार्टीलाई योगदान दिने नेताहरुको सुझाबले पार्टीलाई सहयोग पुग्ने दाबी गरे ।

सकेसम्म पुराना नेताहरुलाई पनि पुनः भूमिका दिने विषयमा पनि छलफल गरिने खड्काले बताए ।



प्रतिक्रिया दिनुहोस्