असार २५, काठमाण्डौ । डा. गोविन्द केसीको माग सम्बोधनका लागि यसअघि ल्याइएको अध्यादेश अनुसार विधेयक ल्याउन माग गर्दै नेपाली कांग्रेसले दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा आज छलफल हुने भएको छ । गत शुक्रबार प्रस्ताव दर्ता भएलगत्तै छलफल नभएको भन्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो ।
सम्बन्धित समाचार :
डा.केसीका १४ वटा अनशन र उपलब्धीहरु
डा. केसीका मागप्रति प्रधानमन्त्री ओली कठोर
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालसँगको विशेष कुराकानी
संसदीय सुनुवाइ विशेष समिति आज गठन हुने भएको छ । प्रतिनिधिसभामा आज समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरूको नामावली मनोनयन हुँदैछ ।
शुक्रबार नै समिति गठनको कार्यसूची भए पनि अवरोध कारण विषय प्रवेश भएको थिएन ।
समितिमा प्रतिनिधिसभाबाट १२ सदस्य तोकिनेछ । राष्ट्रियसभाले यसअघि तीन सदःय तोकिसकेको छ । दुबै सदनका सदस्य रहने संयुक्त समितिमा संवैधानिक निकायमा पदाधिकारीको नियुक्तिपूर्वको सुनुवाइ हुने व्यवस्था छ ।