Logo

प्रचण्ड के गर्दैछन्, अब के गर्लान् ?



काठमाडौं, २५ असार ।  सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतवेला निस्क्रिय प्रायः बनेपछि अहिले राजनीतिक वृत्तमा विभिन्न चर्चा तथा परिचर्चा सुरु भएको छ । शान्ति प्रक्रियामा आएपछि प्रचण्ड नेपाली राजनीतिको अग्रभागमा छाउँदै आएका थिए । तर, विडम्बना प्रचण्ड तत्कालिन नेकपा एमालेसँग पार्टी एकता गरेपछि भने निस्क्रिय बनेका छन् । उनको भूमिका त्यति देखिएको छैन् ।

पार्टी एकताको लागि आँफैले सक्रिय भूमिका निर्वाह गरेका प्रचण्ड यतिवेला अग्रणी भूमिकामा नहुँदा धेरैले अब प्रचण्ड नेकपाको अध्यक्ष बन्न नसक्ने हुन कि भनेर समेत टिप्पणी गर्न थालेका छन् ।

प्रचण्डले बाध्यता र आवश्यकत्ताका आधारमा तत्कालिन नेकपा एमालेसँग एकता गरेका हुन् । एकीकृत पार्टीको शक्तिमा ओली छन् । उनी अहिले निर्णायक पोजिशनमा छन् । ओली रहुञ्जेलसम्म प्रचण्ड ओलीको विकल्प बन्न नसक्ने बुझिएको छ ।

प्रचण्डले पार्टी एकता गर्नु पूर्व तत्कालिन नेकपा माओवादी केन्द्रका नेताहरुलाई सुरक्षित अवतरण त गराए । तर आफूलाई टप पोष्टमा पुग्न उनलाई गाहा«े छ । अहिले पार्टी अध्यक्ष दुई जना भएपनि निर्णायक त ओली नै हुन् ।

ओलीको सामू प्रचण्डको प्रभावकारिता कम भएको छ।  स्रोतका अनुसार प्रचण्ड केही समय ओलीसँग मिलेर नै जान चाहन्छन् । आफू पारिवारिक तनाबमा हुँदापनि उनी प्रधानमन्त्री ओलीसँग निरन्तर भेटघाट र सम्वादमा नै छन् । अहिले ओलीसँगै मिलेर जाने तर केही सिप नलागे विकल्प पनि खोज्न सक्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्