काठमाडौं, २५ असार । नेकपाका नेता एवम् पूर्वमन्त्री डा। वंशिधर मिश्रले काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नदिने माँग अहिलेको सन्दर्भमा औचित्य र वाहियता रहेको जिकिर गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘काठमाडौंमा मेडिकल कलेज खोल्नै हुँदैन भन्ने कुरा औचित्यहिन छ, यो भन्दा औचित्यहिन अर्को कुरा हुनैसक्दैन्।’
अहिलेको परिवर्तित अवस्थामा अनशनरत डाक्टर गोविन्द केसीले पनि हठ छोड्नुपर्ने उनको सुझाव छ। उनले भने,‘यो ग्लोबल मार्केटको युग हो, मेडिकल कलेज खोल्नेहरुले गुणस्तरीय शिक्षा दिनुपर्छ, यो कुरा प्रधान हो।’ आज जनकपुर र विरगन्जमा रहेका मेडिकल कलेजमा विद्यार्थीहरु नपाएर बन्द गर्नुपर्ने अवस्थामा रहेको सुनाउँदै उनले भने,‘आज यी कलेजमा किन विद्यार्थी जाँदैनन् भन्दा यहाँ गुणस्तर र पूर्वाधार छैन, त्यसैले हामीले जोड दिने कुरा भनेको नै गुणस्तर र पूर्वाधार नै हो, यो मापदण्ड पूरा गर्ने मेडिकल कलेजले सम्बन्धन पाउनुपर्छ।’
समस्या समाधानका लागि बीचको बाटो अपनाउनुपर्ने धारणा राख्दै मिश्रले भने,‘अबको निकास बीचको बाटोबाट निकाल्नुपर्छ, केसीको समर्थन गर्ने सांसदहरुले अहिले सदनमा प्रस्तुत भएको विद्येयकमा संशोधन हाल्नसक्नुहुन्छ, किनकी बृहत्त छलफल गरौं।’
जुम्लाजस्तो दुर्गम जिल्लामा पनि मेडिकल कलेज खोलेर सरकारले परिक्षण गरिसकेको दृष्टान्त पेश गर्दै उनले उक्त कलेज अहिलेसम्म सञ्चालनमा आउन नसकेको बताए । उनले भने,‘काउन्सिलले जहाँ कलेज खोलेपनि मापदण्ड पूरा नगरे छोड्दैन्।’ अब मेडिकल कलेज खोल्न पाईदैन भन्नु भनेको भैरहेका मेडिकल कलेजहरुको सिण्डिकेट र एकाधिकार कायम हुनु भएको र यो राष्ट्रघात भएको उनको भनाई छ ।
डाक्टर केसीलाई देवत्वकरण गरिएको आरोप लगाउँदै उनले भने,‘केसीले गरेका कामहरु सबै राम्रा मात्रै छन् भनेर उनलाई देवत्वकरण गरियो, मानौं उनी संविधानभन्दापनि माथि छन् जस्तो, केसीका कारण जनता मर्नुहुँदैन्, एक जना डाक्टरको हठका कारण सारा जनताले दुःख पाउनु भएन्, यदि उहाँले राजनीति नै गर्न खोजेको हो भने राजिनामा दिएर सडकमा आउनुपर्यो, उहाँकै कारण आज त्रि।वि। शिक्षण अस्पतालका अवस्था बेहाल छ, जिम्मेवार व्यक्तिले यस्तो काम गर्नु शोभनीय छैन्।’