Logo

प्रधानमन्त्री, गृहमन्त्री र शिक्षामन्त्रीको अभिव्यक्तिले मुलुकमा द्धन्द्ध निम्त्याउँछ : डा. केसी



काठमाडौं, २५ असार । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले चिकित्सा शिक्षा अध्यादेश हुबहु पास गर्नुपर्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘डाक्टर केसीले उठाएका माँगहरु जायज छन्, म उहाँले उठाएका मागहरुको समर्थन गर्छु, अध्यादेश हुबहु पास गर्नुपर्छ, गोविन्द केसी व्यक्तिमात्रै होईन संस्था हुनुहुन्छ।’

देशका दुरदराजमा गंगालाल, वीर, टिचिङ अस्पतालका सेवा पुर्याउने माग गलत हो र रु भन्दै उनले प्रश्न समेत तेर्साए । उनले भने,‘अब काठमाडौं उपत्यकामा थप मेडिकल कलेज खोल्न हुँदैन भन्ने मेरो धारणा हो, यो विषयमा मेरो सँधै एउटै धारणा हुन्छ, ०६३ साल माघ ११ गते काठमाडौं उपत्यकामा मेडिकल कलेज अब खोल्नुहुँदैन भनेर यो मुद्दा मैले उठाएको हो, केसीजीले गाउँका दुरदराजका जनताले स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने माँग जायज छ, हामी सबै पक्षमा छौं।’

सरकारले दुई तिहाईको अहमता देखाएर प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरेको उनको गम्भिर आरोप छ। एनले भने,‘म डाक्टर केसीले उठाएका माग र मुद्दामा पूर्ण समर्थन छ, अध्यादेशलाई तोडमोड गरेर ल्याईएको विद्येयक हुबहु आयो भने यसले विकृति जन्माउँछ।’

उनले प्रधानमन्त्री, गृहमन्त्री र शिक्षा मन्त्रीको अभिव्यक्तिले मुलुकमा द्धन्द्ध निम्त्याउने समेत उनको गुनासो छ।



प्रतिक्रिया दिनुहोस्