Logo

सहमति कार्यान्वयन गर्न नेतृत्वसँग नेता गच्छदारको माग



काठमाडौँ, २५ असार : काँग्रेस नेता विजयकुमार गच्छदारले गुट उपगुटयुक्त काँग्रेसले मुलुकको वर्तमान चुनौतीको सामना गर्न नसक्ने उल्लेख गर्दै सबै एकढिक्का भएर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

आफू सदैव लोकतन्त्र स्थापना र सुदृढीकरणका लागि लडेको बताउँदै उहाँले लोकतन्त्र जोगाउनकै लागि आफू तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० सँग सहकार्य गर्न छोडेर काँग्रेसमा फर्केको स्मरण गराउनुभयो ।

उहाँले तत्कालीन मधेशी जनाधिकार फोरम ९लोकतान्त्रिक० का हजारौँ नेता कार्यकर्ताको व्यवस्थापनका लागि एकीकरणका बेला भएका सहमति कार्यान्वयन गर्न नेतृत्वसँग माग गर्नुभयो ।

पार्टीका कोषाध्यक्ष सीतादेवी यादवले अग्रजहरुको विचार मननयोग्य भएकाले आत्मसात् गरी आगामी दिनमा सबै सुध्रिने बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो ।

काँग्रेस नेता डा नारायण खड्काले काँग्रेस सुदृढीकरणका लागि पार्टीमा लामो समय योगदान गरेका पुराना नेताका अनुभव महत्वपूर्ण हुने बताउँदै पार्टी अफ्ठ्यारो परिस्थितिमा भएका बेला उहाँहरुका अनुभवबाट सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा पार्टीका पुराना नेताहरु ओमकार श्रेष्ठ, उत्तमनारायण श्रेष्ठ, तारानाथ रानाभाट, गोविन्दराज जोशी, विनयध्यज चन्द, चिरञ्जीवी वाग्ले, तीर्थराम डंगोल, दामोदर गौतम, विपिन कोइराला, रामबहादुर गुरुङ, श्यामलाल श्रेष्ठ, हीरादत्त भट्ट, तिलकप्रसाद न्यौपानेले पार्टीमा देखिएका समस्या केलाउँदै सुदृढीकरणका लागि सुझाव दिनुभएको थियो । ९रासस०



प्रतिक्रिया दिनुहोस्