Logo

मेडिसिटी हस्पिटल र नेपाल नेशनल हस्पिटलबीच सम्झौता



काठमाडौं, २६ असार । नेपाल मेडिसिटी हस्पिटल र नेपाल नेशनल हस्पिटलबिच सेवा आदान–प्रदान गर्ने सम्झौता भएको छ । भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटी र कलंकीमा अवस्थित नेपाल नेशनल हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार दुवै अस्पतालले एक अर्काको सेवासुविधालाई विरामीको उपचारमा सफलतापूर्वक उपयोग गर्ने लक्ष्य राखेको छ ।

हस्ताक्षरपछि नेपाल नेशनल अस्पतालले थप एवं विशेष उपचारका लागि नेपाल मेडिसिटीसंग सहकार्य गर्ने अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश पौड्यालले बताएका छन् ।

भैंसेपाटीमा अवस्थित् नेपाल मेडिसिटी अस्पताल नैपालकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने सुविधासम्पन्न अस्पतालको रुपमा परिचित छ ।

पूर्णकालीन चिकित्सकहरु रहेको अस्पतालमा ७५० सैयाका लागि पुग्ने पूर्वाधारहरु रहेकाले पनि विरामीलाई शान्त र सौहार्दपूर्ण वातावरण उपलब्ध हुने र उपचार सजिलै सम्भव हुने विश्वास गरिएको छ ।

साथै अस्पतालले सोही अनुरुपको सेवा प्रदान गर्दै आएको छ । हरेक भू–भाग र पृष्ठभूमिबाट आएका स्वदेशी तथा विदेशी नागरिकको स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा प्रदान गदै आएको र गर्दै जाने अस्पतालको लक्ष्य छ ।



प्रतिक्रिया दिनुहोस्