Logo

चम्पादेवी गापाको शैक्षिक सुधारका लागि जनप्रतिनिधी यसरी खटिए



असार २७, ओखलढुङ्गा । जिल्लाको चम्पादेवी गाउपालिकाको गाउँ शिक्षा समितिले अनुगमन समिति बनाइ विद्यालयको समग्र पक्ष र गाउँ शिक्षा समिले लागू गरेको १५ बुँदे कार्यक्रमको अनुगमन गरेको छ । शैक्षिक क्षेत्रमा हुने सरकारी लगानीको उपलब्धि प्राप्ति भने जति नभइरहेको र संचालनका लागि मात्र विद्यालय खुल्ने क्रमले शिक्षामा गुणस्तर खच्कदो छ । सामुदायिक विद्यालय र निजि क्षेत्रको शैक्षिक अवस्थामा निकै भिन्नता देखिरहेको अबस्थामा चम्पादेवी गाउँपालिकाले १ करोड भन्दा बढि रकम बिनियोजन गरी सामुदायिक विद्यालयलाई निजी क्षेत्रका विद्यालय भन्दा व्यवस्थित एवम गुणस्तरीय बनाउने लक्ष्यका साथ अघि बडेको छ ।

 

गाउँपालिका स्तरीय शैक्षिक पात्रो निर्माण गरि एकै समय तालिकामा अतिरिक्त क्रियाकलाप, परीक्षा, बिदा एबम एउटा थप १०० पुर्णाङ्कको पाठ्यक्रम निर्माण गरि लागू गर्ने अन्तिम तयारीमा रहेको छ साथै गाउपालिका भर एउटै पोशाक, जुत्ता, कार्ड, टाइबेल्ट र झोलाको प्रयोगको गरिएको छ । विद्यार्थी झट्ट हेर्दा निजि बिधालयका जस्तै देखिँदा अभिभावक निकै खुसी देखिन्छन ।

अनुगमनको क्रममा शिलत जलदेबी प्र वि, घर्तीगाउमा २ शिक्षक र २ विद्यार्थी रहेको पाइएको छ । त्यसैगरी गोल्मादेबी उमावि, पलापुमा एउटै कक्षामा १ सय ११ जना समेत पढाउनु पर्ने बाध्यता देखिएको छ । अनुगमनमा शिक्षक, अभिभाबक र सरोकारवालाको सकारात्मक प्रतिक्रिया दिदै नियमितताको कामना समेत गरेको अनुगमन समितिका सयोजक एवम १० वडाका वडाध्यक्ष उज्जन बुढाथोकीले बताए ।

अनुगमनका क्रममा विद्यालयका समस्या र उदाहरणीय कामको संकलन गरि थप निजि शिक्षकको दरबन्दी सृजना गर्ने तयारी गरिएको छ ।

शिक्षा क्षेत्रको परिवर्तनले मात्र देशको सभ्यता, संस्कार र समृद्धिको यात्रा अघि बढन सक्छ भन्ने मनोबलका साथ सबै जनप्रतिनिधि सक्रिय भएको गाउँपालिका अध्यक्ष नवराज केसीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्