Logo

नेपाल र चीनबीच व्यापार तथा पारवहन प्रोटोकलमा सहमति जुट्दै



काठमाडौं २८ असार । नेपाल–चीन दोस्रो परामर्श बैठक दुई देशबीच व्यापार तथा पारवहन प्रोटोकललाई अन्तिम रुप दिने विषयमा सहमतिनजिक पुगेको छ ।

मंगलबार र बुधबार बेइजिङमा भएको बैठकमा दुवै पक्षले प्रोटोकललाई अन्तिम रुप दिन थुप्रै सहमति गरेको नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालले जानकारी दिए ।

बैठकमा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे तथा चीनका तर्फबाट चिनियाँ यातायात मन्त्रालयका उपमन्त्री लिउ सिआवोमिङले नेतृत्व गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणकै समयमा व्यापार तथा पारवहन प्रोटोकलमा हस्ताक्षर हुने अपेक्षा गरिएको थियो । तर, अन्तिम रुप दिन दुई पक्षीय तयारी नपुगेकाले तत्काल हस्ताक्षर नभए पनि चाँडै टुंग्याउन दुवै राष्ट्रका अधिकारीले सक्रियता देखाएका हुन् । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्