Logo

तलब बढाउन माग गर्दै काठमाण्डौ महानगरका जनप्रतिनिधी प्रदेश सरकारको शरणमा



असार २८, काठमाण्डौ । काठमाडौं महानगरका जनप्रतिनिधिहरुले तलव सुविधा थोरै भएको भन्दै बढाउन माग गरेका छन् ।

महंगीअनुसार तलव सुविधा तोक्न कञ्जुस्याइँ भएको भन्दै काठमाडौं महानरपालिकाको परिषद बैठकले प्रदेश सरकारलाई जनप्रतिनिधिको सेवा सुविधामा वृद्धि गर्न प्रस्ताव गरेको हो ।

प्रदेश सरकारले तोकेको तलब सुविधाअनुसार महानगरका मेयरले मासिक तलव ४६ हजार रुपैयाँ पाउँछन् । महानगरले भने ५५ हजार र्पुयाउन माग गरेको छ । उपमेयरको तलव ४८ हजार बनाउन प्रस्ताव गरिएको छ । अहिले ४० हजार २ सय रुपैयाँ तोकिएको छ ।

महानगरले वडाध्यक्षको तलव ४० हजार र्पयाउन प्रस्ताव गरेको छ । अहिले २८ हजार मात्रै छ ।

काठमाडौं महानगरपालिकाकाले वडा सदस्यको तलव पनि बढाउन प्रस्ताव गरेको छ । हाल ७ हजार तलव बुझ्दै आएका वडा सदस्यलाई मासिक २० हजार तलव दिन प्रदेश सरकारसँग माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्