Logo

गोविन्द केसीको विषयलाई लिएर कांग्रेस र नेकपा नेताबीच झण्डै कुटाकुट (भिडियोसहित)



काठमाण्डौ, ३० असार । पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच विवाद र दुरी बढ्दै गएको छ । विशेषगरी चिकित्सा शिक्षा विधेयकका विषयमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसबीच मतभेद छ ।

दुई दलका नेताहरुबीच अन्य विभिन्न विषयमा पनि फरक फरक धारणा आउने गरेको छ । शुक्रबार साँझ प्राइम टाइम्स टेलिभिजनमा प्रशारित कार्यक्रम “जनता जान्न चाहन्छन” मा नेकपाका नेता सोमप्रसाद पाण्डे र नेपाली कांग्रेसका नेता महेन्द्र यादवबीच चर्काचर्की भएको छ ।

काठमाण्डू उपत्यकामा मेडिकल कलेज १० वर्षसम्म खोल्न नपाउने, एउटै विश्वविद्यालयले पाँचवटा भन्दा मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने, तीन वर्ष अस्पताल सञ्चालन नगरी मेडिकल कलेज खोल्न नपाइने जस्ता प्रावधानका विषयमा चर्को विवाद भएको छ ।

पाण्डे र यादवसँग ऋषि धमलाले गरेको कुराकानी हेर्नुहोस् : 

https://www.youtube.com/watch?v=vylt93CjZZo



प्रतिक्रिया दिनुहोस्