Logo

पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने



मस्को, ३० असार / रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्नुहुने भएको छ ।

हेल्सीन्की शिखर सम्मेलनपछि उहाँहरुले पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

क्रेमलिनका प्रवक्ताले आउँदो हप्ता हुने शिखर सम्मेलनपछि उहाँहरूले संयुक्त वक्तव्य नै जारी गर्ने निश्चित भने नभएको शुक्रबार जानकारी दिनुभयो ।

“दुई जना राष्ट्रपतिको संयुक्त पत्रकार सम्मेलन हुने छ,” प्रवक्ता दिमित्री मेद्भेदेभले पत्रकारहरुसँग भन्नुभयो । उहाँले शिखर सम्मेलनका बारेमा दुई राष्ट्रपति पुटिन र ट्रम्पको पहिलो बैठक आउँदो सोमबार हुने जानकारी पनि दिनुभयो ।

सम्बन्धित समाचार :

पुटिन मेरो ‘शत्रु’ नभै ‘प्रतिस्पर्धी’मात्र : ट्रम्प

राष्ट्रपति ट्रम्प र पुटिन हेलसिन्कीमा भेट्ने

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

ट्रम्पसँग ‘रचनात्मक’ भेटका लागि पुटिनको अपेक्षा

विश्वमा एक अर्काले ठिक विपरित धारको नेतृत्व गर्दै आउनु भएका पुटिन र ट्रम्पको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । यसअघि ब्रसेल्समा भएको अर्को एउटा शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले समकक्षी पुटिनलाई शत्रु नभई प्रतिस्पर्धीको रुपमा लिएको बताउनु भएको थियो ।

उहाँले पुटिनलाई दुई पटक भेटेपनि पर्याप्त चिनजान हुन नसकेको र अव हुने भेटबाट राम्रो साथी बन्न सक्ने टिप्पणी गर्नु भएको थियो ।

यसअघि उहाँहरुकाबीचमा गत बर्षको नोभेम्बरमा भएको एपेक शिखर सम्मेलनका क्रममा भियतनाममा पछिल्लो भेटवार्ता भएको थियो ।
(रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्