Logo

डाक्टर केसीले भने : मेरो स्वास्थ्यको चिन्ता नलिनुहोस



काठमाडौं, ३१ असार । जुम्लामा आमरण अनसन बसिरहेका डाक्टर गोविन्द केसीले आफ्नो स्वास्थ्यको चिन्ता नलिन सरकारलाई आग्रह गरेका छन्। १६ दिनदेखि अनसनरत उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूले आफूलाई राम्रो हेरचाह गरिरहेको बताए।

डाक्टर केसीले भने, ‘मेरो स्वास्थ्यको चिन्ता नलिनुस्, मलाई उठाएर काठमाडौं लैजाने होइन, म पूर्ण विश्वास गर्छु कि मेरो जुम्लामै राम्रो हेरचाह भइरहेको छ। उठाएर काठमाडौं लैजाँदैमा सत्याग्रह तोडिँदैन, माग पूरा गर अनसन तोड्छु।’

डाक्टर केसीको सम्बोधन अडियोमार्फत् शनिबार बानेश्वरबाट हजारौं समर्थकको माझ सुनाइएको थियो।



प्रतिक्रिया दिनुहोस्