Logo

सांसद लामा एकपछि अर्को विवादमा, यस्ता छन हर्कतहरु



काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।

पार्टीको भातृ संगठन अनेरास्ववियूको विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएकी लामा साहसी, निडर र क्षमतावान नेतृको रुपमा परिचित छिन् । आफूलाई लागेका कुरा निर्धक्कसँग राख्ने खुबीका कारण उनलाई धेरै युवायुवतीले मन पराउँछन् ।

तर, प्रतिनिधि सभाको सदस्य भए यता लामा लगातार विवादमा मात्रै तानिएकी छिन् । उनले दिने अभिव्यक्तिका कारण उनी विवादमा परेकी हुन् । केही समय पहिले सामाजिक सञ्जालमा उनले गरेको कुराकानीलाई लिएर अनलाईनमा समाचार बनेपछि उनले त्यो अनलाईनका पत्रकारलाई चेतावनीयुक्त धम्की दिएको खबरहरु समेत बाहिरिएका थिए ।

खासगरी उनलाई पेट्रोलियम पदार्थको मुल्य वृद्धि किन भयो ? भनेर एक शुभचिन्तकले फेसबुक मेसेन्जरमार्फत प्रश्न गर्दा उनले नानाभाती र तथानाम गालीगलौज गरेर ती प्रश्नकर्तामाथि खनिएकी थिईन् । उक्त च्याट बाहिरिएसँगै उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

यद्धपी सांसद लामाले उक्त फेसबुक खाता आफ्नो सक्कली नभएको भनेर खण्डन गरेकी थिईन् । तर उक्त घट्ना सेलाउन नपाउँदै उनी फेरि अर्को विवादमा परिन । प्राईम टाईम्स् टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको पेट्रोलियम पदार्थको मुल्य वृद्धिमा विद्यार्थी संगठनहरु किन विभाजित भन्ने बहसमा नेविसंघका सभापति नैनसिंह महरलाई दिएको चेतावनीपनि विवादमा पर्यो । उनले त्यहीँबाट प्रहरी बोलाएर पक्राउ गर्ने चेतावनी महरलाई दिएकी थिईन् । त्यसको पनि सामाजिक सञ्चालमा चर्को विरोध भएको थियो ।

अहिले उनी फेरि अर्को विवादमा फसिन् । खासगरी सांसद नविना लामाले सात घण्टा नबित्दै प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेको सात घण्टामै छुटाएको खबर बाहिर आएपछि अर्को विवादमा परेकी हुन् ।

पक्राउ परेका लामा सांसद नविनाकै ठूलो दवावमा छुटेका थिए । लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा परिसरले तीब्र रूपमा खोजी गरेको जनाएको थियो । सांसद लामाको रोहबरमा गुण्डा नाइके सत्यमान लामालाई छाडिएपछि उनको चर्को आलोचना भैरहेको छ ।

Nabina Lama, Member of Parliament (PHOTO SOURCE : Sadrishya)



प्रतिक्रिया दिनुहोस्