Logo

विश्वकप २०१८ का नायकहरु-एम्बाप्पे, लुका मोडरिक, ह्यारी केन र कोर्टियस



असार ३२, काठमाण्डौ । फ्रान्सका केलियन एम्बाप्पे रुस विश्वकपकै उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

विश्वकप फाइनलमासमेत गोल गर्न सफल एम्बाप्पेलालाई ब्राजिलका महान खेलाडि पेलेसँग तुलना गर्न थालिएको छ ।

उनी पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी बनेका छन् ।

सम्बन्धित समाचार :

२१औं संस्करणको फिफा विश्वकपको उपाधि फ्रान्सले जित्यो

फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएर विश्वकप जित्दा एम्बाप्पेले पनि गोल गरे । १९ वर्ष २०७ दिनका एम्बाप्पे पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी हुन् ।

सन् १९५८ को विश्वकपमा गोल गर्दा पेले १७ वर्ष २४९ दिनका थिए ।

२१ औँ संस्करणको विश्वकप फुटबलको उत्कृष्ट खेलाडिको पुरस्कार क्रोएसियाका कप्तान लुका मोडरिकले हात पारे ।

शनिबार भएको फाइनलमा क्रोएसिया फ्रान्ससँग ४–२ ले हारेको थियो । तर, मोडरिक उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले गोल्डेन बल जिते ।

इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । यसविश्वकपमा उनले ६ गोल गरे । यस्तै गोल्डेन ग्लोब बेल्जियमका गोलरक्षक थिबोउट कोर्टियसले जितेका छन् ।



प्रतिक्रिया दिनुहोस्