Logo

प्रदिप पौडेलको प्रश्न–केपी ओली उपचारका लागि किन थाइल्याण्ड जानुहुन्छ ?



असार ३२, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले दुई तिहाई बहुमतको आडमा अहिलेको सरकारले गलत बाटो समातेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक मनपरी ढंगले तोडमोड गरिएको आरोप लगाए ।

माथेमा आयोगले बनाएको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने भए पनि सरकारले सत्तारुढ दलका नेता कार्यकर्ताको चाहनाअनुसार विधेयक ल्याउन खोजेको पौडेलले बताए ।

प्रधानमन्त्री केपी ओल आफैँ विरामी हुँदासमेत विदेशमा उपचार गर्न जाने तर देशभित्रको अस्पतालको गुणस्तर बढाउनतिर ध्यान नदिएको पौडेलको आरोप छ । स्वास्थ्य क्षेत्रमा गुणस्तरभन्दा बढी व्यापार गर्ने उद्देश्यले अहिलेको सरकार अगाडि बढिरहेको उनलको जिकिर छ ।

“प्रधानमन्त्री केपी ओली थाइल्याण्डमा उपचार गर्न जानुहुन्छ । अस्पताल त काठमाण्डौमा पनि प्रशस्तै छन् नि । ति अस्पतालले हाम्रो प्रधानमन्त्रीको उपचार गर्न किन सकेन ? संस्था खोलेर मात्रै त नहुने रहेछ छ नि ।” पौडेलले भने ।



प्रतिक्रिया दिनुहोस्