Logo

कांग्रेसद्वारा संसदमा अवरोध, बैठक स्थगित



काठमाडौं, ३२ असार । चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्ने कार्यसूचीमा राखेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।

सभामुख कृष्णबहादुर महराले आफ्नो सिटबाट उठेर विरोध गरिरेका प्रतिपक्ष दलका सांसदलाई बारम्बार आफ्नो सिटमा बस्न आग्रह गरेपनि प्रतिपक्ष सांसद आफ्नो सिटमा नबसी उभिएर विरोध जनाएका छन्।

प्रमुख प्रतिपक्ष सांसद उठेर संसद अवरोध जारी राखेपछि सत्तापक्षका सांसदले भने त्यसको विरोध जनाएका छन्। सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक २०७५ संसदमा पेश गर्ने संसदको संभावित कार्यसूचीमा राखिएको छ। जसको विरोधमा कांग्रेस सांसदले बैठक अवरुद्ध पारेका हुन् । अवरोधपछि सभामुख महराले बैठक आधा घण्टा स्थगित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्