Logo

गोविन्द केसीका प्रतिनिधि र सरकारबीच वार्ता पुन: सुरू



काठमाडौं, १ साउन । जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारबीच वार्ता पुन: सुरू भएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा दुई पक्षबीच वार्ता पुन: सुरू भएको हो।

मन्त्रिपरिषद्ले सोमबार मात्र शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेको थियो।

सोमबारनै दुई पक्षबीच वार्ता भए पनि निष्कर्षमा पुग्न नसकेपछि आज फेरि वार्ता सुरू भएको हो। केसीका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता ओम प्रकाश अर्याल र डाक्टर अभिषेकराज सिंह वार्तामा सहभागी छन्।



प्रतिक्रिया दिनुहोस्