Logo

डाक्टर केसीका मागहरुलाई उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्छ : पूर्वमन्त्री अधिकारी



काठमाडौं, ०१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एबम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको स्पष्ट पारेका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेर गल्ति गरेको आरोप लगाउँदै उनले भने,‘कांग्रेसले बिरोध सूचना पनि हाल्ने, प्रतिस्थापन विद्येयकका बारेमा निर्णयपनि चाहियो भन्ने ? कसरी कुरा मिल्छ ? स्वास्थ्यमन्त्री संसदमा बोल्न नपाउने कसरी मागहरु पूरा हुन्छन् ? गोविन्द केसीले उठाउनु भएका मागहरुप्रति सबै सकारात्मक छन्, केही मागहरुमा केही असहमति रहेका छन्, ती मागहरु र चिकित्सा शिक्षा विद्येयकलाई छलफलको माध्यममा लैजानुपर्छ र सुरुमा उहाँको ज्यान बचाउनुपर्छ ।’

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कामा बोल्दै उनले अघि थपे,‘ससदमा विद्येयक लैजाने हो र मतदान गर्ने हो भनेपनि परिणाम फरक आउँछ, त्यो भन्दा विज्ञहरुको सुझाव र डा.केसीले उठाउनु भएका मागहरुलाई उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्छ, प्रत्येक प्रदेशमा एउटा शिक्षण अस्पताल खोलिनुपर्ने कानूनमै व्यबस्था छ, दुई–दुई वटा खोल्दा केही फरक पर्दैन तर स्वास्थ्य क्षेत्र पूर्णतः जनताको हितमा हुनुपर्छ ।’

भौगोलिक स्थितिलाईमात्रै आधार मानेर मेडिकल कलेज खोल्न नहुनेमा उनले जोड दिएका छन् । उनले भने,‘मेडिकल केलज खोल्दा भूगोललाईमात्रै ध्यान दिएर हुँदैन, जनसंख्यापनि मुख्य कुरा हो, काठमाडौंमा १० वर्ष पहिले र आजको जनसंख्या एउटै छैन्, सबै कुराहरुलाई ध्यानमा राखेर मेडिकल कलेज खोल्नुपर्छ स्वास्थ्योपचार निःशुल्क हुनुपर्छ, नेताहरुलाईमात्रै सुविधा दिने र गरिव जनताले उपचार नपाएर मर्नुपर्ने स्थिति हुनुहुँदैन ।’



प्रतिक्रिया दिनुहोस्