Logo

सरकारविरुद्ध आन्दोलन छेड्ने कांग्रेसको तयारी, पदाधिकारी बैठक बस्दै



साउन ३२, काठमाण्डौ । सरकारविरुद्ध आक्रामक बन्दै गएको नेपाली कांगेसले आन्दोलन कसरी गर्ने भन्ने विषयमा पदाधिकारी बैठक बोलाएको छ ।

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको बैठकमा सरकारविरुद्ध घोषित आन्दोलन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

सम्बन्धित समाचार :

सरकार र कांग्रेसबीचको विवादले यसरी लिदैछ द्धन्द्धको रुप, यस्तो छ खतराको संकेत

हरेक नियुक्ती अब ओली-प्रचण्डको सेटिङमा, कांग्रेसीहरु आउट !

देउवालाई अदालतको साथ, ओली सरकारका निर्णय उल्टिए

सडकमा कांग्रेस, आन्दोलन घोषणा

काँग्रेसले साउन १५ गते विरोध सभा गर्ने

प्रमुख विपक्षी कांग्रेसले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्नेसहितका सरकार विरुद्धका कार्यक्रमहरु तय गरेको छ ।

कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले साउन ३, ५ र ८ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरिसकेको छ ।

केन्द्र र प्रदेश सरकारका गतिविधिप्रति असहमति राख्दै कांग्रेसले सरकारविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।

सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्व्यन गर्नुपर्ने, डा. गोविन्द केसीका माग सम्वोधन गर्नुपर्ने, निशेधित क्षेत्र तोक्न नहुने लगायतका माग राख्दै कांग्रेसले आन्दोलन घोषणा गरेको हो ।

सरकारले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरेको, मिडियामाथि अंकुश लगाउने प्रयत्न गरेको साथै संवैधानिक निकायलाई कार्यकारीको छायाँमा राख्ने जस्ता प्रवृत्ति देखाएको कांग्रेस नेताहरुको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्