Logo

आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा



काठमाडौं, २ साउन । चिकित्सक संघले भोलि (बिहिबार) देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको घोषणा गरेको हो।  डा गोविन्द केसीको मागप्रति एेक्यबद्धता जनाउँदै संघले सरकारलार्इ माग पूरा गर्न ४८ घण्टाको समय दिएको थियो।

तर, सरकारले माग पूरा नगरेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको संघले जनाएको छ।  संघले बिहिबारबाट देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायतका सम्पूण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गरिने निर्णय भएको महासचिव डा लोचन कार्कीले जानकारी दिए।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्