Logo

डा. केसीलाई जबरजस्ती काठमाण्डौ ल्याउने तयारीमा सरकार



साउन ३, काठमाण्डौ । जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि आज काठमाडौं ल्याइने भएको छ ।

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा केसीको उपचार भइरहे पनि उनको अवस्था बिग्रँदै गएपछि सरकारले काठमाण्डौ ल्याएर उपचा गर्न लागेको हो ।

बुधबार साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. केसीको उपचारमा सीसीयू अनिवार्य भएको निष्कर्ष निकालेको छ । बुधबार बसेको नेकपाको बैठकले पनि केसीलाई काठमाडौं ल्याउने र मागबारे छलफल गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार :

डा. केसी सास फेर्न नसकेर आत्तिन थाले, बेलाबेलामा बर्बराउने समस्या

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

कानुनमन्त्री तामाङ र कांग्रेस नेता गौतमबीच डा. केसीको विषयमा भनाभन

केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारीमा सरकार लागे पनि कतिबेला ल्याइँदै छ भन्नेबारे केही बताइएको छैन । यद्यपि, उनी पक्षीय चिकित्सकले भने बलजफ्ती काठमाडौं लैजान लागिएको भन्दै विरोध जनाएका छन् ।

चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा १९ दिनदेखि अनसनरत छन् । यो बीचमा डा. केसीका प्रतिनिधिसँग वार्ता भएपनि सहमति हुन सकेको छैन ।

कर्मचारीको टोलीलाई पूर्ण अधिकार नभएको भन्दै डा. केसीका समर्थकले बुधबार नै मन्त्रीस्तरमा मात्र वार्ता गर्ने अडान सार्वजनिक गरेका छन् ।

सहमतिबिना जबरजस्ती भए पनि केसीलाई काठमाण्डौ ल्याउने विषयले थप विवाद बढ्ने देखिएको छ ।

अनशनमा रहेका डा. गोविन्द केसीको मुटुमा गम्भीर समस्या देखिएको छ । मंगलबार राति साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनको ९ वटासम्म एक्टोपिक बिट्स (मुटुको धड्कनमा गड्बढी) देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्