Logo

बिमानभित्रै चुरोट पिउने पाईलटको लाईसेन्स निलम्बन



काठमाडौँ, साउन ३ । गत साता विमान एकाएक तल झरेको घटनापछि विमानका पाइलट र को पाइलटको लाइसेन्स पनि निलम्बन गरिएको छ । यसका साथसाथै चीनको उड्डयन नियामकले एयर चाइनाको उडान समय कटौती गरेको छ । बोइङ–७३७ विमानको उडान समयमा १० प्रतिशतले कटौती गरिएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

नियामकले एयर चाइनामा तीन महिनासम्मका लागि सुरक्षा गतिविधि पनि सञ्चालनमा ल्याउने भएको छ । विमान सेवा कम्पनीलाई ५० हजार युआन अर्थात ७ हजार ४ सय ६० डलर पनि जरिवाना गरिएको चाइना सेन्ट्रल टेलिभिजनले आफ्नो वि–च्याट एकाउन्टमार्फत् जनाएको छ ।

यो पनि पढ्नुहोस

उडिरहेको जहाजभित्रै सहायक पाईलटले सल्काए चुरोट ! अनि के भयो ?

एयर चाइना बोइङ–७३७ विमान हङकङबाट चिनियाँ सहर डालियानका लागि १० जुलाईमा उडेको थियो । विमान अक्सिजन मास्कको परिचालन सहित १० हजार फीटमा झरेको थियो । पछि विमान विस्तारै माथि चढेर आफ्नो गन्तव्यमा पुगेको थियो ।

चीनको नागरिक उड्डयन प्रशासनले यो घटान को–पाइलटले उडानको समयमा ई–सिगरेट पिएकाले भएको जनाएको छ ।एजेन्सि



प्रतिक्रिया दिनुहोस्