Logo

डा. केसीको जीवन तलमाथि भए कांग्रेसले जिम्मेवारी लिनुपर्छ : बडाल



साउन ३, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता केशब बडालले डा. गोविन्द केसीको माग र उनको स्वास्थ्य अवस्थाबारे सरकार चिन्तित रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै बडालले केसीको मागका विषयमा छलफल गर्न कार्यदल बनाएको स्मरण गराउँदै केसीको जीवनसँग खेलवाड नगर्ने पक्षमा सरकार रहेको बताए ।

सम्बन्धित समाचार :

हेलिकप्टर जुम्ला उड्यो, गोविन्द केसीलाई जबरजस्ती उठाउने

डा. केसीलाई जबरजस्ती काठमाण्डौ ल्याउने तयारीमा सरकार

डा. केसी सास फेर्न नसकेर आत्तिन थाले, बेलाबेलामा बर्बराउने समस्या

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

कानुनमन्त्री तामाङ र कांग्रेस नेता गौतमबीच डा. केसीको विषयमा भनाभन 

“राज्यले केसीको जीवन रक्षाको निम्ती गर्नुपर्ने सबै कामहरु अगाडि बढाउने तयारी गरेको छ । तर डा.केसीलाई विभिन्न तत्वहरुले घेरावन्दीमा राखेका छन् । जुन घेराबन्दीबाट उहाँ निस्कनै सक्नुहुन्न ।” बडालले भने ।

कांग्रेसका नेताहरुले केसीलाई उक्साएर अनशन बसाएको बडालको आरोप छ । “केसीलाई वार्तामा नबस्न उक्साउनेहरुले ने उहाँको जीवनमा केही तलमाथि भए त्यसको जिम्मेवारी लिनुपर्छ । केसीलाई अगाडि सारेर कांग्रेसले आफ्नो अस्तित्व कायम राख्न खोजेको छ ।” बडालले भने ।

सरकारले गठन गरेको कार्यदलसँग केसीले वार्ता गर्दिन भन्नु समस्या बढाउनु भएको बडालको जिकिर छ ।

चिकित्सा शिक्षा विधेयक फिर्ता नगरेसम्म अनशन कायम राख्ने अडानसहित डा. केसी जुम्लामा अनशन बसिरहेका छन् । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्