Logo

देशभरका चिकित्सकहरु हड्तालमा, नेकपाका डाक्टर भने केसीको विरुद्धमा



साउन ३, काठमाण्डौ । देशभरका चिकित्सकहरु हडतालमा उत्रेका छन् । जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागबारे सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरु १ दिने हडतालमा उत्रेका हुन् ।

नेपाल चिकित्सक संघको अगुवाइमा बिहीबार देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ ।

सम्बन्धित समाचार :

केसीलाई लिन हेलिकप्टर जुम्लामा, सरकारी पक्ष र केसीपक्षबीच झडपको स्थिती

डा. केसीको जीवन तलमाथि भए कांग्रेसले जिम्मेवारी लिनुपर्छ : बडाल

डा. केसी सास फेर्न नसकेर आत्तिन थाले, बेलाबेलामा बर्बराउने समस्या

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन यस्तो कदम चाल्नु परेको नेपाल चिकित्सक संघको वरिष्ठ उपाध्यक्ष डा. ढुण्डिराज पौडेलले बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले केसीको स्वास्थ्य र मागप्रति सरकार संवेदनशील नभएको आरोप लगाए ।

यसअघि त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले केसीको माग सम्बोधन गर्न आकस्मिकबाहेकका सेवा ठप्प पारेका थिए ।

चिकित्सक संघ हडतालमा उत्रिए पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट स्वास्थ्यकर्मी भने सहभागी नहुने भएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ र राष्ट्रिय चिकित्सक संघले पत्रकार सम्मेलन गरेर स्वास्थ्य संस्था बन्द गर्ने निर्णयप्रति असहमति जनाएका हुन् ।

नेपाल नर्सिङ संघले पनि चिकित्सक संघको अत्यावश्यकीयबाहेकका सेवा बन्द गर्ने निर्णयको विरोध गरेको छ ।

केसीको मागप्रति समथर्नन गर्न नसक्नेहरुलाई इतिहासले मूल्याङ्कन गर्ने पौडेलले चेतावनी दिएका छन् ।

आफूहरुलाई सरकारले दमन गरे पनि वा जागिरबाट निकाले पनि कुनै पर्वाह नगरी चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि जीवन नै दाउनमा राखेर पनि संघर्ष गर्न तयार रहेको पौडेलले बताए ।

केसीको ज्यान जोखिममा परेको भन्दै पौडेलले केही तलमाथि भए यो सरकारप्रति जनताले मूल्याङ्कन गर्ने बताए ।

“केसीका माग बारे सबै जानकार छन् । उनलाई केही भइहाले त्यसको नतिजा के हुन्छ भन्ने बारे सरकार गम्भीर हुनु जरुरी छ ।” पौडेलले भने ।

केसीको माग जायज भए पनि अहिलेको सरकार कठोर देखिएकाले आफूहरुले केसीलाई अहिले अनशन नबस्न पटक पटक आग्रह गर्दा पनि नमानेको पौडेलले बताए ।

आफूहरुले केसीलाई अनशन बस्न उक्साएको भन्ने आरोप झुटो भएको पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस्