Logo

डाक्टर केसीलाई काठमाडौंको शिक्षण अस्पतालमा भर्ना गरिने



काठमाडौं, ३ साउन । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् ।

‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’ अनसनरत डा. केसीसँगै रहेका डा. विषद दहालले भने । केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्