Logo

डा केसीका मुद्दालाई राजनीतिक विषय बनाउन हुन्न : नेपाल



काठमाडौं, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् सांसद माधव कुमार नेपालले डाक्टर गोविन्द केसीको मुद्दालाई राजनीतिक विषय बनाउन नहुने धारणा राखेका छन् ।

संसद् भवनबाट बाहिरिने क्रममा नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने. “जुम्लामा आमरण अनशनरत प्रा डा गोविन्द केसीले उठान गरेका माग के कति जायज छन्, के कति जायज छैनन् भन्ने विषयमा अध्ययन हुनुपर्छ, जायज छन् भने सम्बोधन हुनुपर्छ, छैनन् भने यति कारणले छैनन् भन्नुपर्छ ।”

उनले डा केसीका मुद्दालाई नेपाली काँग्रेसले राजनीतिक विषय बनाउन नहुने बताउनुभयो र शिक्षा र स्वास्थ्यका बेथिति र विकृति अन्त्य हुनुपर्नेमा जोड दिए।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले प्रमुख प्रतिपक्षी दलले सार्वभौम संसद्को अधिकारलाई सम्मान गरेर चिकित्सा शिक्षा विधेयक संसद्मा प्रस्तुत गर्न दिनुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस्