Logo

अपहरण शैलीमा बल प्रयोग गरेर जुम्लाबाट काठमाडौं ल्याइयो : डा. केसी



काठमाडौं, ३ साउन । डा. गोविन्द केसीले आफूलाई अपहरण शैलीमा बल प्रयोग गरेर जुम्लाबाट काठमाडौं ल्याइएको बताएका छन्।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसनरत डा. केसीलाई सरकारले अस्पताल परिसरभित्रै प्रहरी परिचालन गरेर जबर्जस्ती काठमाडौं ल्याएको थियो।

सेनाको हेलिकप्टरमा काठमाडौंको टुँडिखेल ओरालेर टिचिङ अस्पताल लगिएका डा. केसीले त्यहीँबाट प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ज्यादतीपूर्ण व्यवहारको भर्त्सना गरेका छन्।

चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रह आन्दोलन थालेका केसीले विज्ञप्तिमा भनेका छन्, ‘खड्गप्रसाद ओली नेतृत्वको वर्तमान सरकारले मलाई अमानवीय रूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छाविपरित अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ।’

सम्बन्धित समाचार /RELATED NEWS:

केसीलाई काठमाण्डौ ल्याउने ओलीको अस्त्र सफल, प्रचण्डले किन मुख खोलेनन् ?

केसीलाई लिन हेलिकप्टर जुम्लामा, सरकारी पक्ष र केसीपक्षबीच झडपको स्थिती

डा. केसीको जीवन तलमाथि भए कांग्रेसले जिम्मेवारी लिनुपर्छ : बडाल

डा. केसी सास फेर्न नसकेर आत्तिन थाले, बेलाबेलामा बर्बराउने समस्या

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

देशभरका चिकित्सकहरु हड्तालमा, नेकपाका डाक्टर भने केसीको विरुद्धमा

चिकित्सकको हडतालले सेवा प्रभावित, विरामीका आफन्त आक्रोषित(भिडियो)

डा. केसी रुँदै जुम्लाबाट काठमाण्डौ आउँदै, पत्रकारलाई प्रहरीको धम्की

सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहेका नेपालीहरूप्रति उनले आभार प्रकट गरेका छन्। सरकारको ज्यादतीबाट घाइते सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको उनले कामना गरेका छन्। ज्यादतीमा संलग्न दोषीहरूलाई कारबाहीको माग पनि गरेका छन्।

उनले भनेका छन्,’माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने जानकारी गराउँछु, आम नागरिकलाई सदाजस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु।’

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्