Logo

माग पूरा नभएसम्म उपचार नगर्ने केसीको अडान, वार्ता अनिश्चित



साउन ४, काठमाण्डौ । सरकारले बल प्रयोग गरेरै भए पनि चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसीलाई काठमाण्डौ ल्याउन सफल भयो ।

अनशनरत डा केसीलाई हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । तर केसी पक्ष र नेपाल सरकारबीचको वार्ता भने अनिश्चित भएको छ ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा केसीलाई जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि मागका सम्बन्धमा वार्ताबारे अन्योल देखिएको छ ।

सम्बन्धित समाचार :

डा. गोविन्द केसीलाई दमन गर्दा ओली सफल, प्रचण्ड किन मौन ?

कम्युनिष्ट सरकारविरुद्ध अर्को कम्युनिष्ट पार्टीको यस्तो विज्ञप्ति, के भने मोहनविक्रमले ?

गणतन्त्र विरोधी शक्तिहरुले गोविन्द केसीलाई अघि सारेर राजनीतिक गरे : शर्मा

प्रधानमन्त्रीले दलीय स्वार्थका कारण गोविन्द केसीमाथि दमन गरे : कोइराला

केसीलाई लिन हेलिकप्टर जुम्लामा, सरकारी पक्ष र केसीपक्षबीच झडपको स्थिती

डा. केसीको जीवन तलमाथि भए कांग्रेसले जिम्मेवारी लिनुपर्छ : बडाल

डा. केसी सास फेर्न नसकेर आत्तिन थाले, बेलाबेलामा बर्बराउने समस्या

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

देशभरका चिकित्सकहरु हड्तालमा, नेकपाका डाक्टर भने केसीको विरुद्धमा

चिकित्सकको हडतालले सेवा प्रभावित, विरामीका आफन्त आक्रोषित(भिडियो)

डा. केसी रुँदै जुम्लाबाट काठमाण्डौ आउँदै, पत्रकारलाई प्रहरीको धम्की

यसअघि केसी पक्षले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राखेको र सरकार त्यसमा सहमत नभएपछि वार्ता स्थगन भएको हो । डा केसीले अधिकारसहितको वार्ता टोलीको पनि माग गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा आफ्नो १५ औँ सत्याग्रह जारी राखेका डा. केसीले सामान्य स्लाइन बाहेक कुनै पनि औषधी प्रयोग नगर्ने अडान लिएका छन् । सरकारले उपचारकै लागि काठमाण्डौं ल्याउन जुम्लामा गरेको ज्यादती नागरिक स्वतन्त्रता विरोधी भएको भन्दै कुनै पनि किसिमको औषधी–उपचार र स्वास्थ्य जाँचसमेत नगर्ने अडान केसीले लिएका हुन् ।

विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेसम्म अनसन नछाड्ने डा. केसीको अडान छ ।



प्रतिक्रिया दिनुहोस्