Logo

गोविन्द केसीलाई बोकेका छैनौँ, नैतिक समर्थन मात्रै हो : विश्वकर्मा



साउन ५, काठमाण्डौ । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले गोविन्द केसीका माग नेपाली जनताको पक्षमा भएकाल आफूहरुले समर्थन गरेको स्पष्ट पारेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले केसीलाई कांग्रेसले बोकेरे हिँड्यो भन्ने आरोपको खण्डन गरे ।

स्वास्थ्य क्षेत्रका विकृतिको अन्त्यका लागि विगतमा कांग्रेसको सरकार हुँदा केसीसँग भएको सहमति पालना हुनुपर्छ भन्ने कुरामा आफूहरु प्रतिवद्ध भएको उनले बताए ।

“उहाँको माग जायज भएकाले नैतिक समर्थनको पात्र बन्नुभएको हो ।” विश्वकर्माले भने । “कांग्रेसको सरकार हुँदा गोविन्द केसी कष्टडीमा पनि पुगे । तर त्यो मुख्य विषय होइन । हामीले त केसीका माग पूरा हुने गरी अध्यादेश ल्याएका थियौँ ।”

अहिलेको सरकारसँग संसदमा दुई तिहाई बहुमत भएकाले संविधान नै फेर्न सक्ने अधिकार भए पनि जनमत भने खस्किदै गएको विश्वकर्माले बताए ।

सम्बन्धित समाचार :

गोविन्द केसी सिजनल अनशनकारी हो, माग पूरा गर्न संसद भंग गर्नुपर्छ : गोकुल बास्कोटा

सरकारविरुद्ध आन्दोलन छेड्ने कांग्रेसको तयारी, पदाधिकारी बैठक बस्दै

सरकार र कांग्रेसबीचको विवादले यसरी लिदैछ द्धन्द्धको रुप, खतराको संकेत

सरकार स्वेच्छचारी देखियो, समर्थन फिर्ता लिन सक्छौं : राजपा

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

डा केसीको माग पूरा गर्न नेपाल बार एशोशिएशनको आग्रह

केसीको स्वास्थ्य ठीक भएपछि वार्ता



प्रतिक्रिया दिनुहोस्