साउन ५, काठमाण्डौ । पछिल्लो समय चिकित्सा शिक्षा विधेयकले देश नै तरङ्गित भएको छ । विधेयकका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद चुलिदै गएको छ ।
केपी ओली नेतृत्वको सरकारले संसदमा लगेको विधेयकको विरुद्धमा डा. गोविन्द केसी अनशन बसिरहेका छन् । विधेयकमा भएका कतिपय व्यवस्था परिवर्तन गर्नुपर्ने केसीमा माग छ भने विना संशोधन विधेयक पारित गराउने पक्षमा सरकार छ ।
यही विषयमा कुरा गर्दै प्रस्तावित मनमोहन मेडिकल कलेजका सचिव रामकुमार अधिकारीले गोविन्द केसीको माग जायज नभएको दाबी गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै अधिकारीले सरकारले गर्ने काममा हस्तक्षेप गर्ने भए केसीलाई राजनीतिमा आउन चुनौति दिए ।
“हिम्मत भए गोविन्द केसी राजनीतिक गरुन्, चुनाव लडे हुन्छ, उनलाई म घुँडा टेकाउँछु । अब आउने चुनावमा आउनुस्, सँगै लर्डौँ ।” अधिकारीले भने ।