Logo

मनिषा कोइरालापछि डा केसीलाई करिश्मा मानन्धरले पनि भेटिन्



काठमाडौं, ५ साउन । अनशनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या पछिल्लो दिनमा ह्वात्तै बढ्दै गएको छ।

डाक्टर केसीलाई जुम्लामा काठमाडौं ल्याउनेबित्तिकै चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला केसीलाई भेट्न त्रिवि शिक्षण अस्पतालमा पुगेकी थिईन् । उनको उक्त तस्विरक सामाजिक सञ्जालमा निकै सकारात्मक साथ पोष्ट भैरहेका छन् ।

त्यस्तै नेपालकी चर्चित्र अभिनेत्री तथा नयाँ शक्ति पार्टीकी नेतृ करिश्मा मानन्धरले समेत डाक्टर केसीको अनशनप्रति ऐक्यबद्धता जनाएकी छिन्।

हिजो (शुक्रबार) त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर उनले डा केसीलाई भेटेकी थिइन् । डाक्टर केसीले उठाएका माग जायज भएकाले सरकारले पूरा गर्नुपर्ने नायिका मानन्धरको भनाई थियो।

चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग राख्दै डा केसी २१ दिनदेखि अनशनमा छन्। जुम्लामा अनसन बसेका डा केसीलाई सरकारले बिहीबार हेलिकोप्टरमा काठमाडौं ल्याएको थियो।

डा केसीसँगको सरकारको वार्ता अनिश्चित बनेको छ। शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा वार्ता टोली गठन गरेपनि त्यसलाई म्यान्डेट दिइएको छैन।



प्रतिक्रिया दिनुहोस्