Logo

माइतिघर र वानेश्वरमा यसरी हल्लियो सरकार, दृश्यमा ज्ञानेन्द्र शाषन कै जस्तो दमन



साउन ५, काठमाण्डौ । तरुण दलको प्रदर्शनका क्रममा बानेश्वर तनाव उत्पन्न भएको छ ।
डा. गोविन्द केसीका समर्थकहरुको कार्यक्रम भइरहेका बेला तरुण दलको पनि प्रदर्शन पुगेको थियो । तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको छ ।

सम्बन्धित समाचार :

गोविन्द केसी सिजनल अनशनकारी हो, माग पूरा गर्न संसद भंग गर्नुपर्छ : गोकुल बास्कोटा

सरकारविरुद्ध आन्दोलन छेड्ने कांग्रेसको तयारी, पदाधिकारी बैठक बस्दै

सरकार र कांग्रेसबीचको विवादले यसरी लिदैछ द्धन्द्धको रुप, खतराको संकेत

सरकार स्वेच्छचारी देखियो, समर्थन फिर्ता लिन सक्छौं : राजपा

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

डा केसीको माग पूरा गर्न नेपाल बार एशोशिएशनको आग्रह

केसीको स्वास्थ्य ठीक भएपछि वार्ता

डाक्टर गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्छ : सुशिला कार्की

कांग्रेससँग द्धन्द्ध बढाउने पक्षमा छैनौं, तर निहुँ खोजे झुक्दैनौं : मन्त्री पण्डित (भिडियोसहित)

ओलीविरुद्ध सुशिला कार्की, बाबुराम, गगनदेखि मनिषा कोइरालासम्म सडकमा (फोटो र भिडियोसहित)

सोलिडारिटी फर डा. केसी अलायन्सको ब्यानरमा भएको प्रर्दशनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारकर्मी कृष्ण पहाडी सहमागि थिए ।


माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरतर्फ गएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘सत्याग्रही डा. गोविन्द केसीको माग पुरा गर’, हाम्रो स्वास्थ्य हाम्रो हातमा, हामी डा. केसीको साथमा’, डा. केसीमाथिको धरपकड बन्द गर’ जस्ता नारा लगाएका छन् ।

नेपाल विद्यार्थी संघले वानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरमा पनि भिडन्त भएको हो ।

अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । नेविसंघका आन्दोलनकारीले ढुंगामुडा गरेका छन् भने प्रहरीले लाठी चार्ज गरेको छ ।
तरुण दल पनि आन्दोलनमा सहभागि छ । यसका अध्यक्ष जितजंग बस्नेत पनि घाइते भएका छन् । भिडन्तमा परी केही प्रहरी पनि घाइते भएका छन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डा. गोविन्द केसीको माग पुरा गर्नै पर्ने बताएकी छन् ।


आमरण अनसनरत डा. केसीको समर्थनमा शनिबार भएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले आफूहरु सरकार विरोधी नभएको बताए । वर्तमान सरकारलाई जनताले मत दिएको आफूलाई जानकारी रहेको भन्दै उनले भने, ‘तर, सरकारले पनि जनताले भनेको मान्नुपर्छ ।’

डा. केसीले जनताको भावना बोलेको भन्दै कार्कीले उनका माग पुरा गर्न आग्रह गरिन् । पूर्वप्रधानन्यायाधीश कार्कीले उनले भनिन्, ‘पुरा भएन भने देशमा आगो बल्छ ।’

सत्याग्रही डा. केसीलाई कहिले कांग्रेस त कहिले के भनेर आरोपित गर्ने गरिएको भन्दै उनले असन्तुष्टि जनाइन् । डा. केसी आफ्ना लागि नभई नेपाली जनताका लागि लडेको र उनले अमरत्व प्राप्त गरिसकेको कार्कीले बताइन् ।
लेखक खगेन्द्र संग्रौलाले केपी ओली नेतृत्वको सरकारले चार महिना पुग्न नपाउँदै ज्ञाननेन्द्रको शासनको बेलाको जस्तो झल्को दिएको बताएका छन् ।

डा. गोविन्द केसीको मागप्रति एक्यबद्धता जनाउन माइतीर मण्डलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै लेखक संग्रौलाले सरकारले तत्काल केसीका माग पूरा गर्नुपर्ने बताए ।

उनले अहिलको सरकारले सडकबाट विरोध गर्न पाउने नागरिकको अधिकारमाथि धावा बोलेको बताए । संग्रौलाले आफू प्रचण्ड र ओलीलाई सम्झाउन मात्र सडकमा आएको उल्लेख गरे ।

समाजवादी भन्ने सरकारले आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई बेवास्ता गर्दा छोटो अवधिमै सरकार अलोकप्रिय बनेको बताए ।
सरकारले माथेमा आयोगको सिफारिस अनुसार तयार गरिएको अध्यादेशलाई तोडमोड गरेर चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै डा. केसी अनशनमा छन् ।

जुम्लामा अनशन गर्दै आएका डा. केसीलाई सरकारले बिहीबार काठमाडौँ ल्याएको छ । डा. केसीले अहिले त्रिवि शिषण अस्पतालमा अनशन गरिरहेका छन् । उनको समर्थनमा कलाकार, नागरिक समाजका अगुवा तथा राजनीतिज्ञले माइतीघरमा प्रदर्शन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्