Logo

खटाएको ठाउँमा नजाने कर्मचारीलाई घर पठाउँछु : मन्त्री पण्डित



साउन ६, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै स्थानीय निकायका लागि आवश्यक दरबन्दी स्विकृत गरिसकेको जानकारी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै राष्ट्रसेवक कर्मचारीलाई पद र दरबन्दीअनुसार समायोजन गरेर तीन वटै तहमा खटाउने बताए ।

सम्बन्धित समाचार :

कर्मचारीलाई जेल हाल्ने लालबाबु पण्डितको यस्तो छ योजना(भिडियो)

अटेरी गर्ने सबै कर्मचारीलाई थप सुविधा नदिई घर पठाएर अर्को विकल्प खोज्छु : पण्डित

संसदमा पुगेको चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता हुँदैन : लालबाबु पण्डित

लालबाबु पण्तिको खुलासा-सुन तस्करमा नेतादेखि कर्मचारी संलग्न

सार्वजनिक विदा धेरै भएकाले लोकतन्त्र दिवसको विदा कटौति गर्यौँ : मन्त्री पण्डित

स्वेच्छिक अवकाशको निर्णय स्थगित, अवकासका लागि निवेदन दिने कर्मचारी काममा फर्किए हुन्छ : मन्त्री पण्डित

निर्णय नमान्नेहरुलाई निजामति कर्मचारी ऐन अनुसार अनुशासनको कारबाही गर्छु : पण्डित

साउनभित्र सबै निकायको कार्यालयको संगठनिक प्रक्रिया पूरा गरिने उनले बताए । सबै ठाउँमा कर्मचारी जानैपर्ने भन्दै उनले राष्ट्रको सेवा गर्नुबाहेक अरु कुरा मान्य नहुने पण्डितले बताए ।

“सबै ठाउँमा कर्मचारी जान्छन् । जानै पर्छ । नगै हुँदैन । काम गर्नैपर्छ । राष्ट्रसेवक भएपछि राष्ट्रको सेवा गर्नुबाहेक अरु कुनै विकल्प छैन ।” पण्डितले भने ।

सरकारले पठाएको ठाउँमा काम गर्न नचाहनेहरुलाई घर पठाइने पण्डितले बताए । “भनेको ठाउँमा जान नचाहने कर्मचारी घर गए हुन्छ । अर्को विकल्प हुँदैन । सुनुवाई पनि हुँदैन ।”

राष्ट्रसेवक कर्मचारीले सरकारलाई सहयोग गर्नुबाहेक अर्को विकल्प नुहने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्