Logo

गोविन्द केसीको विषयमा सत्तारुढ दल नेकपामा दुई कित्तामा, नारायणकाजीले भेटे केसीलाई



साउन ६, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अनसनरत डा. गोविन्द केसीसँग भेट गरेका छन् ।

आइतबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेर केसीलाई भेट गरेका श्रेष्ठले उनलाई स्वास्थ्य परीक्षण गर्न दिन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार :

कानुनमन्त्री तामाङ र दुर्गा प्रसाईको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठको आपत्ति

कानूनमन्त्री तामाङले यसरी माँगे माफी

बंगलादेशमा मेडिकल पढ्ने नेपाली छात्राहरुले शरीर बेच्नुपर्छ भनेपछि तामाङको मन्त्री पद धरापमा

जुम्लाबाट काठमाडौं ल्याएदेखि स्वास्थ्य परीक्षण पनि नगरी बसेका केसीलाई स्वास्थ्य परीक्षण गर्न आग्रह गरेको श्रेष्ठले बताए । ‘तपाईका मुद्दा कुन ठीक, कुन बेठीक छलफल भइरहेको छ । तर स्वास्थ्य परीक्षण गर्नुस्’ श्रेष्ठले भनेका थिए ।

तर यस विषयमा डा. गोविन्द केसीले भने कुनै प्रतिक्रिया दिएनन् । चिकित्सा शिक्षा सुधारको माग राखेर २३ दिनदेखि केसी आमरण अनसनमा छन् ।

अनशनको २३ दिन पुगिसम्दा पनि डा। गोविन्द केसीले काठमाडौमा उपलब्ध कुनै पनि स्वास्थ्य परीक्षण गर्न अस्विकार गरेका छन्।



प्रतिक्रिया दिनुहोस्