Logo

नेपाल मेडिसिटी र महालक्ष्मी विकास बैंकबीच विशेष सम्झौता



ललितपुर, ६ साउन । ललितपुरको भैसेंपाटीमा अवस्थित् नेपाल मेडिसिटी अस्पताल र महालक्ष्मी विकास बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल र महालक्ष्मी विकास बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।

नेपालकै गुणस्तरीय सेवा प्रदान गर्ने अस्पताल अग्रणी अस्पतालको सेवामा महालक्ष्मी बैंकका कर्मचारी र सेवाग्राहीले विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।

अस्पतालका महाप्रबन्धक रिमालले कर्पोरेट क्षेत्रका व्यस्त मानिसहरुका लागि अस्पतालले कार्यक्षेत्रमै विशेष स्वास्थ्य सेवा प्रदान गर्न तयार रहेको बताए ।

“वन डे विथ कर्पोरेट केयर” जस्ता कार्यक्रमलाई महालक्ष्मी विकास बैंकमा पनि सञ्चालन गर्नेमा उनले जोड दिए ।

यस्तै अस्पतालका विभिन्न अभियानमा बैंकले समर्थन र सहकार्य गर्ने प्रमुख कार्यकारी अधिकृत लामिछानेले विश्वास दिलाए ।
खासगरि बैंकका भिसा, डेबिट र क्रेडिट कार्डका उपझोक्ताका लागि यो सेवा विशेष रुपमा लागु हुनेछ ।

बैंकले सामाजिक उत्तरदायित्वका रुपमा गर्दै आएका गतिविधिमा नेपाल मेडिसिटीले साथ दिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्