Logo

प्रधानमन्त्री ओलीले बहुमत र विवेकमध्ये एउटा रोज्ने बेला आएको छ : शर्मा



साउन ७, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अघिल्लो सरकारले ल्याएको चिकित्सा शिक्षासम्बन्धी अध्यादेशलाई नै आधार बनाएर विधेयक ल्याउनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस अहिले प्रतिपक्षमा हुँदा पनि सरकारमा हुँदा ल्याएको अध्यादेशकै आधारमा विधेयक ल्याउनुपर्छ भन्ने अडानमा रहेको शर्माले स्पष्ट पारे ।

सम्बन्धित समाचार :

डा. केसी आफैँ अनशन बस्नुभएको छ वा अरु कोही छन् ? जवाफ चाहियो

केसीको अनशनले रेकर्ड तोड्यो, स्वास्थ्य अवस्था जटिल, वार्ता अनिश्चित

गोविन्द केसीको विषयमा सत्तारुढ दल नेकपामा दुई कित्तामा, नारायणकाजीले भेटे केसीलाई

बंगलादेशमा मेडिकल पढ्ने नेपाली छात्राहरुले शरीर बेच्नुपर्छ भनेपछि तामाङको मन्त्री पद धरापमा

गोविन्द केसी सिजनल अनशनकारी हो, माग पूरा गर्न संसद भंग गर्नुपर्छ : गोकुल बास्कोटा

‘संसदमा पुगेको चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता हुँदैन’

उक्त अध्यादेशकै आधारमा विधेयक ल्याउनुनै अहिलेको समस्याको समाधान भएको शर्माको जिकिर छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै शर्माले संसदमा बहुमत र विवेकको बहस हुने बेलामा प्रधानमन्त्रीले अब बहुमत नभै विवेक रोज्नुपर्ने सुझाब दिए ।

लोकतान्त्रिक प्रक्रियाबाट आउनु र लोकतान्त्रिक चरित्र हुनुमा फरक हुने भएकाले अहिलेको समयमा सरकारले चरित्रलाई प्राथमिकता दिनुपर्ने शर्माको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्