Logo

प्राइम बैंकका कर्मचारी र सेवाग्राहीले नेपाल मेडिसिटी अस्पतालबाट विशेष छुट प्राप्त गर्ने



ललितपुर, ७ साउन । ललितपुरको भैसेंपाटीस्थित् नेपाल मेडिसिटी हस्पिटल र प्राइम बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार अब प्राइम बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालबाट विशेष छुट प्राप्त गर्ने भएका छन् ।

अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र प्राइम बैंकका तर्फबाट नायव महाप्रबन्धक भाईराजा तुलाधरले उक्त सहकार्य गर्नेबारे आज हस्ताक्षर गरेका छन् ।

नेपालीहरुलाई उपचारका लागि विदेश जानु नपर्ने उद्देश्यलाई अभियानको रुपमा नेपाल मेडिसिटी अस्पतालले अगाडि बढाएको र नेपालको स्वास्थ्य क्षेत्रको सम्पूर्ण विकासका लागि आर्थिक, सामाजिक लगायतका संस्थाहरुसंग आफूहरुले सहकार्य गर्दै जाने योजना बनाएको महाप्रबन्धक रिमालले जनाए ।

प्रविधिको विकाससंगै बैंकिङ्ग क्षेत्रमा आएको विकास र अत्याधुनिक प्रविधि तथा उपकरणसहितको नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गर्न पाएकोमा तुलाधरले खुशी व्यक्त गरे । उनले भने,‘नेपालकै उत्कृष्ट अस्पतालसंग सहकार्य गर्न पाएकोमा हामी खुशी छौं।’



प्रतिक्रिया दिनुहोस्