काठमाडौं, ७ साउन । भन्सार विभाग प्रमुख मनोजनिधि वाग्लेले सिमानामा अस्वस्थ्यकर सामग्रीहरु प्रेवशमा प्रभावकारी रुपमा लागेको बताएका छन् ।
सोमबार जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्रले रिपोर्टर्स क्लब नेपालमा ‘बालबालिकाको खेलौनाहरुमा उच्च स्तरमा हानिकारक रसायनहरु पाईएकोले राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयनको आवश्कत्ता’ बारे आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सेफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘बालबालिकाहरुलाई इंगित गरेर आयात गरिने खेलौनाहरुको गुणस्तर र मापदण्ड परिक्षण गरेरमात्रै आयात गर्ने गरेका छौं, वातावरणीय प्रभाव र असरसँगै बालबालिको स्वास्थ्यमा पार्ने प्रभावका बारेमापनि सरकारको तर्फबाट भन्सार विभागले निरन्तर सचेतनामूलक कामहरु गर्दै आएको छ।’
उनले अघि थपे,‘ब्यापार घाटा र ब्यापारीहरुको हितलाई मध्येनजर गुणस्तरहीन र अस्वस्थ्यकर साम्रगीलाई रोक्ने गरेका छौं, साथै दुईवटा विकल्प दिएका छौं, पहिलो उहाँहरुले ल्याउनु भएको कम्पनीलाई नै त्यो सामाग्री फिर्ता गर्ने र दोस्रो विकल्प नष्ट गर्ने हो, तर हामीले नष्ट गर्दापनि हाम्रै वातावरण प्रदुषित हुने भएकाले सकभर फिर्ता गर्न लगाउँछौं ।’
त्यस्तै कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले आयात गरिने खेलौनाहरुको परीक्षणमा सरकार कडाईका साथ रुपमा लाग्नु पर्नेमा जोड दिएका छन् ।
उनले भने,‘हाम्रो देशमा खेलनौहरुको उद्योगहरु नगन्ने रुपमा छन्, जतिपनि खेलौनाहरुको ब्यापार भैरहेको छ, बाहिरबाट आयात गरेरै भएको छ, यसमा सरकार, व्यापारी र उपभोक्ताहरुले ध्यान दिनुपर्छ, तीन पक्षले खेलौनामा हुने रसायनलाई ध्यानमा राखेर आफ्ना सन्ताहरुको खुशीलाई ध्यान दिनुपर्छ ।’
प्रेस विज्ञप्ती
बालबालिकाको खेलौनाहरुमा उच्च स्तरमा हानिकारक रसायनहरु पाईएकोले राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयनको आवस्यक्ता
मितिः २०७५।४। ७ गते (काठमाण्डौ, नेपाल), हालसालै नेपाली बजारहरुमा पाईने बालबालिकाको खेलौनाहरुमा विषाक्त गहुङ्गो धातु र अन्य रसायनहरुको अध्ययन गर्दा ६० % भन्दा बढी खेलौनाहरुमा उच्च स्तरमा हानिकारक रसायनहरु पाईएको छ । यो खेलौना सम्बन्धि अध्ययन प्रतिवेदन नेपाल सरकारले बालबालिकाको खेलौनामा पाईने विभिन्न घातक रसायनहरुको नियन्त्रण एवं नियमन गर्न मिति २०७३ ।१०।३ मा नेपाल राजपत्रमा सुचना जारी गरी २०७४ असार ३१ गतेबाट प्रभावकारी रुपमा लागुहुने तोकिएको मापदण्डको वर्ष दिन पुगेको अवसर पारेर एक पत्रकार सम्मेलन गरी विमोचन गरीएको थियो । जसलाई हाल केही उद्योगी तथा ब्यावसायीहरुले कमजोर पार्ने र प्रभावकारी कार्यान्वयन हुनदिन बाट रोक्ने चौतर्फी प्रयास गरीरहेको छ । यो अध्ययन नेपाल स्थित विगत १५ वर्ष देखी वातावरण र जनस्वास्थ्य जस्ता जनसरोकारका विषयबस्तुमा अनुसन्धान र जनचेतना जगाउने आदि कामगर्दै आएका गैर सरकारी संस्था जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र CEPHEDर विस्वब्यापीरुपमा स्वास्थ्य र वातावरणको क्षेत्रमा कामगर्ने गैर सरकारी संस्स्थाहरुको संञ्जाल International POPs Elimination Network -IPEN स्विडेन द्वारा गरीएको हो ।
बालबालिकाको खेलौनामा पायोे उच्च स्तरको घातक रासायनहरु
अध्ययनमा समावेश खेलौनाको नमूनाहरु मध्ये ६२% (५२ मध्ये ३२ वटा) मा खतरनाक हानीकारक गहुङ्गो धातु र अन्य रसायनहरु जस्तै शिसा (लेड), क्याडमियम, क्रोमियम, बेरियम, ब्रोमिन र जिंक आदि निकै उच्च स्तरमा पाईयो भने केही खेलौनाका नमूनाहरुमा फ्थालेट्स (उजतजबबितभक)सम्बन्धि गरीएको अध्ययनमा सबैमा विभिन्न प्रकारका फ्थालेट्स पाईएको थियो । अध्ययमा समावेस गरीएको सबै खेलौनाहरु नेपालका विभिन्न बजारहरुबाट खरीद गरीएको थियो भने थाईल्याण्ड (२%), भारत(१०%) र चिनमा (८८%) बनेको थियो । यी सबै घातक धातुहरु र रसायनहरुले मानिसमा र खासगरी बालबालिकाहरुको स्नायू प्रणाली, प्रजनन् प्रणालीमा गडबडी, फोक्सो, मृगौलामा असर पु¥याउनुको साथै रोगसंग लड्ने क्षमता एवं बौद्धिक विकासमा अवरोध गर्नु र क्यान्सर तथा मस्तिष्कमा स्थायी किसिमका खरावी निम्त्याउदछ । मस्तिष्क द्रुत गतिमा विकास हुदै गरेका स साना बालबालिकाहरुको यस्ता खेलौनाहरु प्राय मूखमा राख्ने बानी भएकाले यी घातक रसायनहरु सजिलै बालबालिकाहरुको शरीर भित्र प्रवेश गर्न सक्ने भएकाले ५ वर्ष मुनिका बालबालिकाहरु यी हानीकारक रसायनहरुको सम्पर्कमा आई प्रभावित हुनसक्ने झन जोखीमपूर्ण अवस्थामा हुन्छ । अध्ययनमा समावेश गरएको कुनै पनि खेलौनाहरुमा उपभोक्ता लाई त्यसमा पाईने घातक रसायनहरुबारे सचेत गर्नेखाने कुनै किसिमको सुचना दिएको थिएन ।
अनुसन्धानकर्ताले अध्ययनमा समावेशीत ७१% (५२ मध्ये ३७ वटा) खेलानाहरुमा कम्तिमा कुनै एक घातक धातु रसायन पाएको थियो भने ६२% (५२ मध्ये ३२ वटा) मा नेपाल सरकारले तोकेको खेलौना सम्बन्धि मापदण्ड भन्दा अत्यधिक रसायनहरु पाईएको थियो । केवल ३८ % (५२ मध्ये २० वटा) खेलौनाका नमूनाहरुमा नेपाल सरकारले तोकेको मापदण्डको परीपाल्ना भएको थियो । अध्ययनमा समावेश भएका कम्तिमा एक रसायनबाट प्रदूषित ३५ वटा खेलौनाहरुमध्ये १९ % मा लेड, ८% मा क्याडमियम, ११% मा क्रोमियम, ६८% मा जिंक जस्ता गहुङ्गो धातुहरु पाईएको थियो भने १४% मा बेरियम र १६% मा ब्रोमिन जस्ता अन्य घातक धातुहरु पाईएको थियो ।
अमेरिका र यूरोपका कैयौं देशहरुमा प्रतिबन्धित फ्थालेट्स -phthalates बारे परीक्षण गरीएका सबै खेलौनाका नमूनाहरुमा नेपाल सरकारले तोकेको फ्थालेट्स को मापदण्ड (?१०० पि.पि.एम. अर्थात ०.०१ %) को हजारौ गुणा र US Consumer Product Safety Improvement Act ले तोकेको मापदण्ड (०.१ %) भन्दा सयौ गुणा बढी भएको पाईयो । यसरी अनुसन्धानकर्ताहरुले सत प्रतिशत नरम प्लाष्टिकको खेलौनाहरुमा फ्थालेट्स अत्यधिक मात्रामा पाउनु एकदमै दुखद पक्ष रहेकाले सम्बन्धित सरकारी निकायहरुले प्रभावकारी कार्यान्वयन र अनुगमन गरी खेलौना उत्पादक तथा ब्यावसायीहरुबाट तोकेको बाध्यकारी मापदण्डको प्रभावकारी कार्यान्वयन सुनिस्चित गर्नु गराउनु पर्ने आवस्यक्ता हो ।
निजी क्षेत्र (उद्योग र ब्यावसायी) द्वारा बालबालिकाको खेलौना सम्बन्धि संरक्षात्मक मापदण्ड कमजोर पार्ने प्रयास
यो अध्ययन प्रतिवेदन नेपाल सरकारले बालबालिकाको खेलौनामा गहुङ्गो धातु, धातु एवं रसायनहरु फ्थालेट्स एवं विस्फिनोल ए आदि गरी विभिन्न १२ किसिमका घातक रसायनहरु समावेश गरी खेलौनाको बाध्यकारी मापदण्ड तोकेर प्रभावकारी कार्यान्वयन भएको एक वर्ष वितेको अवसरमा सार्वजनिक गरीएको हो ।
बालबालिको स्वास्थ्य र वातावरण संरक्षणार्थ गत २०७४ आसार ३१ बाट प्रभावकारी कार्यान्वयनमा आएको बाध्यकारी खेलौला सम्बन्धि मापदण्डलाई निजीक्षेत्रबाट नेपाल सरकारमाथी दवाव श्रृजना गर्दै मापदण्डमा समावेश गरीएका अति हानीकारक रसायनहरु जस्तै फ्थालेट्स , विस्फिनोल ए र अन्य दुई धातुहरु हटाउन लगाई मापदण्ड कमजोर गर्ने प्रयास गरीदै छ । यी फ्थालेट्स एवं विस्फिनोल ए नामक रसायनहरु मानब स्वास्थ्यमा निकै गम्भिर असरहरु जस्तै हरमोन उत्पादनमा गडबडी, स्वासप्रस्वास सम्बन्धी समस्या, मोटोपन, बाझोपन र क्यान्सर समेत गराउदछ ।
साथै निजी क्षेत्रबाट यी खेलौना सम्बन्धि मापदण्डमा ब्यवस्था गरीएका गहुङ्गो धातुहरुको मापन गर्ने विधीमा समेत परीवर्तन ल्याउने सरकारसंग आग्रह गरीरहेको छ । खेलौनामा सम्पूर्ण रसायनहरुको मात्रा -total concentration मापन गर्न गरीएको ब्यवस्था हाम्रो जस्तो विकासशिल देशहरुको लागी एकदमै छिटो, सजिलो र कम खर्चिलो मात्रै नभई निजीक्षेत्र एवं उपभोक्ताको लागी एकदमै सिधा, स्पष्ट र चलखेल गर्न नसक्ने किसिमका रहेका विशेषज्ञहरुको धारना रहेको छ । जबकी निजीक्षेत्रले सरकारसंग यसमा परीवर्तन गराउन खोजीएको रसायनहरु सरेर जाने -migratory concentration आधारमा मापन गर्नु पर्ने ब्यवस्था एकदमै जटील, महगो र बालबालिकालाई घातक रसायनहरुको सम्पर्कमा आउनबाट जोगाउन नसकिने खालका छन् । बालबालिकाहरु खेलौनाको सतहमा टासिएका घातक रसायनयूक्त धुलो, खेलौना मुखमा टोक्दा वा चुस्दा पनि त्यसमा भएको रसायनहरुको सम्पर्कमा आई प्रभावित हुने गर्दछ । रसायन विज्ञहरुको बुझाईमा यो एउटा खतरनाक कदम हो , किनकी यसले खेलौना सम्बन्धि मापदण्डको प्रभावकारी कार्यान्वयन र अनुगमन थप जटील बनाउने छ । खेलौनाहरुबाट रसायनहरु सरेर जाने आधारमा बनाएका मापदण्डहरुले बालबालिकाहरुले खेलौनाको टुक्रा निलेको खन्डमा पेटमा पुगी घुलेमा मात्र रसायनहरुको सम्पर्कमा आउनसक्ने अवस्थालाई सम्बोधन गर्दछ । जुन खेलौनामा पाईने रसायनहरुको सम्पर्कमा आउने सबै अवस्थालाई दर्साउदैन् ।
निजीक्षेत्रले खेलौनाको सरकारी बाध्यकारी मापदण्डलाई कमजोर पार्ने प्रयासहरुलाई सम्बोधन गर्दै जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहले नेपाल सरकारले उद्योगी एवं ब्यापारीको फाईदालाई जनस्वास्थ्य र बालबालिको स्वास्थ्य भन्दा उच्च प्राथ्मिक्ता कदापी दिनुहुदैन भनी टिप्पणी गर्नु भयो । खेलौनाहरुमा हानीकारक रसायनहरुको उपस्थितीलाई अनुमती दिनेगरी भैरहेको राम्रो र बलियो मापदण्डलाई कमजोर पार्ने प्रयास नेपालको सम्बीधान द्वारा प्रदत स्वास्थ्य सम्बन्धि मौलिक अधिकार र २५ वर्ष भन्दा बढी समयदेखी पक्षधर रहेको अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धि -Convention for the Rights of the Child-CRC_ द्वारा प्रदत स्वास्थ्य र सुरक्षा सम्बन्धि अधिकारको समेत उल्लङघन गर्नेछ ।
यो अध्ययनले खेलौना बनाउने रबरलाई नरम पार्नका लागि प्राय प्रयोग हने फ्थालेट्स एवं विस्फिनोल ए जस्ता मानव शरीरमा हरमोन गडबडी ल्याउन सक्ने रसायनहरुलाई मापदण्डबाट हटाउने निजीक्षेत्रको प्रयासबाट मापदण्डलाई कमजोर बनाउने होईन बरु अझ बढी प्रभावकारी कार्यन्वयन गर्दैलानु पर्ने IPEN का बरिष्ट सल्लाहकार Dr. Olga Speranskaya को सुझाव रहेको छ । फ्थालेट्स को मात्रा अध्ययन गरीएका सबै खेलौनाहरुमा अत्यधिक उच्च स्तरमा पाईनु बालबालिकाको स्वास्थ्यमा गम्भिर असर पु¥याउने हानीकारक बस्तु खेलौनाको रुपमा अझपनि बजारमा विक्रिवितरण भैरकेको प्रमाणीत गर्दछ । निजीक्षेत्रले बालबालिकाको स्वास्थ्यको लागि महत्वपूण सुरक्षालाई कसरी कमजोर पार्ने बारेमा योजना बनाउनुको साट्टो खेलौनाबाट मानव शरीरमा हरमोनमा परीर्वतन गर्नसक्ने रसायनहरुलाई उन्मूलन गर्ने गराउने तर्फ सरकारलाई सहयोग गर्नु पर्दछ ।
नेपालमा बालबालिकाहरुको खेलौना र अन्य बस्तुहरुमा पाईने हानीकारक रसायनहरुको बारेमा पुर्ण जानकारी -full disclosure information on chemical content लेवलिङ्गको माध्यमबाट प्रदान गर्नु पर्ने आवस्यक्तालाई रसायन विशेषज्ञहरुले पुरा प्रोत्साहन गर्दछ । हाल लेवलिङ्गको सुन्यतामा कुनैपनि बस्तुहरुको रसायन सुरक्षाबारे उपभोक्ताहरुको जान्न पाउने अधिकारलाई कुन्ठित गरीरहेको कुरा रामचरित्र साहले बताउनु भयो ।
नेपाल सरकारले उत्पादन, माल बस्तुहरुमा रसायनहरुको बारेमा खुलासा गर्नुपर्ने ब्यवस्था गरेमा सन् २०१५ मा संयूक्त राष्ट्र सधिय बातावरण कार्यालय अन्तर्गत उत्पादनहरुमा रसायन सम्बन्धि कार्यक्रम -UN Environment’s Chemicals in Products Program,नेपाल लगायत विश्वका सयौ राष्ट्रहरुले आत्मसात गरेको सुझावहरुलाई परीपाल्ना गरेको सरह मानिने कुरा म्च। क्उभचबलकपबथब ले बताउनु भयो ।
थप जानकारीको लागि सम्पर्क
राम चरित्र साह,
कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक,
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (ऋभ्एज्भ्म्)
फोन ०१ ५२०१७८६, मोवाईलः ९८०३०४७६२१, ईमेलः [email protected] or [email protected]