Logo

कांग्रेसको कार्ड बनेर केही शक्ति र व्यक्तिले सडकमा तमासा देखाएका छन् : योगेश भट्टराई



साउन ८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले सरकारविरुद्धको घेराबन्दी नियोजित भएको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले केही कुरामा सरकारको कमजोरी भएपनि चौतर्फी आलोचना हुनु नियोजित षडयन्त्र भएको बताए ।

सम्बन्धित समाचार :

प्रचण्डज्यू, लाजै नभएर कांग्रेसलाई लासको राजनीति गर्न खोज्यो भन्ने–नारायण खड्का

प्रधानमन्त्री ओलीको निर्देशनमा कानुनमन्त्री तामाङले आजै राजिनामा दिने

पदखोर प्रधानमन्त्रीले केसीलाई पदको लोभ देखाउनुको अर्थ छैन

गोविन्द केसीसँग खुला मञ्चमा वार्ता गर्न तयार छौँ : योगेश भट्टराई

योगेश भट्टराईले किन गरे नेपाली कांग्रेसलाई प्रतिबन्ध गर्ने कुरा ?

नियोजित रुपमा सरकारलाई घेराबन्दी गर्न खोजे पनि संसदमा सुविधानजनक बहुमत भएको सरकारलाई कुनै समस्या नभएको उनको तर्क छ । “काम गर्न नदिने र अप्ठ्यारो स्थिती सृजना गर्ने मनसायले कतिपय गतिविधि भइरहेका छन् । राजनीतिक र प्रजातान्त्रिक संस्कार भएको मुलुकलाई यो राम्रो होइन ।” भट्टराईले भने ।

जनताको बहुमत पाएर बनेको सरकारलाई काम गर्न नदिन खोज्नु गलत भएको उनको ठहर छ ।

संविधान र जनताको म्यान्डेटअनुसार सरकारले काम गर्न खोजेको उनले बताए । चुनावी घोषणापत्रलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अगाडि बढे पनि चुनावमा पराजित भएको कांग्रेस छटपटिएर सरकारलाई काम गर्न नदिने लक्ष्यका साथ अघि बढेको उनको आरोप छ ।

“सरकारलाई काम गर्न नदिने, अप्ठ्यारो बनाउने, अनेक बहानाबाजी खोज्ने, हल्ला गर्ने, चिच्याउने, कराउने रुने जस्ता अनेक बहाना कांग्रेसले बनाइरहेको छ । कांग्रेसको कार्ड बनेर केही शक्ति र व्यक्तिहरुले सडकमा तमासा देखाएका हुन् ।” भट्टराईले भने ।

सरकारको पनि केही कमजोरी हुन सक्ने भन्दै उनले त्यस्ता गलत कामलाई सच्याइने बताए । “गल्ती नगर्ने मान्छे हुँदैन । गलत भएका कुरालाई सच्याउनुपर्छ । गल्ती नसच्याउने हो भने त्यो मान्छे सही हुँदैन । हामी गल्ती सच्याउँछौँ ।” भट्टराईले भने ।

अन्जानबस काम गर्ने क्रममा भएका गल्ती सच्याउनुपर्नेमा उनले जोड दिए ।

कानुनमन्त्री शेरबहादुर तामाङले नियतबस नराम्रो कुरा नबोलेको तर बोल्दा गल्ती भएको भट्टराईले बताए । “उहाँले बोल्दा होस पुर्याउनुभएन भन्ने मलाई लाग्छ । कानुनमन्त्रीले जे पनि बोल्दा हुँदैन ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस्