Logo

रुसका विदेश मन्त्री इजरायल भ्रमणमा



काठमाडौँ, ८ साउन । रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभ र सेना प्रमुख सोमबार इजरायलको भ्रमण्मा आएका छन।

छिमेकी मुलुक सिरियामा भइरहेको द्वन्द्वका बारेमा छलफल गर्न उनिहरु इजरायल भ्रमणमा रहेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जानकारी गराएका छन ।

सोमबार बेलुका अबेर इजरायल आइपुगेका रुसी उच्च अधिकारीहरुको यो भ्रमणलाई अर्थपूर्ण र महत्वपूर्ण भ्रमणको रुपमा हेरिएको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आग्रहमा यो भ्रमण हुन लागेको प्रधानमन्त्री नेतान्याहुले आफ्नो मन्त्रिपरिषद् बैठकको शुरुमा बताएका थिए ।

यो पनि पढ्नुहोस्

इजरायलका प्रधानमन्त्री पत्नीलाई जरिवाना

प्रचण्डसँग इजरायली राजदूत बेनी ओमेरको भेट

इजरायली आक्रमणमा सिरियामा ४२ जनाको मृत्यु

केही दिन अगाडि पुटिनसँग भएको कुराकानीका क्रममा पुटिनले आफूसँग यस्तो प्रकारको भ्रमणको प्रस्ताव राखेको नेतान्याहुले जानकारी दिएका छन ।

दुई नेताहरुले पछिल्ला केही महिना सिरिया र इरानमा भइरहेका द्वन्द्वका बारेमा पटक पटक छलफल गरेको समाचारहरुमा जनाइएको छ । एजेन्सि



प्रतिक्रिया दिनुहोस्

Screenshot